वीरगंजमा भूमाफियाको चलखेल असफल, फर्जी सहकारी खडा गरेर गौशालाको एक विघा जग्गा हडप्न खोज्ने समूहलाई अदालतको अंकुश-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, २२ श्रावण । वीरगंज महानगरपालिका वडा नं. २ इनर्वा स्थित करिब एक विघा जग्गा हडप्ने भूमाफियाको प्रयासमा उच्च अदालत वीरगंजले अंकुश लगाएको छ ।

साविक इनर्वा भाठा वडा नं. ०२ मा पर्ने कित्ता नं. ५३ को १९ कट्ठा १० धुर जग्गा “गौरक्षणी गौशाला” को नाममा लालपुर्जा कायम रहेको छ । सोही जग्गामा “गौरक्षणी गौशाला पशुपालन सहकारी संस्था लिमिटेड, वीरगंज–३” नामको संस्थामार्फत केही भूमाफिया समूहले दाबी गर्दै निषेधाज्ञा मागसहित गएको साउन १५ गते उच्च अदालत वीरगंजमा मुद्दा दायर गरेका थिए ।

उक्त सहकारी संस्था मूल गौशालाको नामसँग मिल्दोजुल्दो राखेर, नामको भ्रम सिर्जना गर्दै भूमाफियाले जग्गा कब्जा गर्न खोजेका थिए । प्रमोद कुमार सिंह नेतृत्वको समूहले यो योजना अघि बढाएका थिए । सिंहले नै अदालतमा निषेधाज्ञा माग गर्दै मुद्धा दायर गरेका थिए । वर्षौँअघिदेखि केही व्यक्तिहरूले सोही जग्गामा टहरा बनाएर व्यापार गरिरहेकोमा महानगरले अतिक्रमण हटाउँदै सो जमिनलाई अतिक्रमणमुक्त बनाएको थियो ।

अहिले महानगरले सोही स्थानमा सार्वजनिक शौचालय निर्माणको तयारी थालेको छ ।सार्वजनिक उपयोगको संरचना बन्न लागेपछि भूमाफियाहरुले त्यसलाई अवरुद्ध गर्न अदालतको शरण लिएका थिए । तर उच्च अदालत वीरगंजका न्यायाधीशद्वय दुर्गा बहादुर विश्वकर्मा र ऋषिराम निरौलाको संयुक्त इजलासले भूमाफियाको माग खारेज गर्दै निषेधाज्ञा नजारी गर्ने आदेश दिएको छ ।

यस निर्णयसँगै भूमाफियाको योजना विफल भएको छ र वीरगंज महानगरपालिकाले सार्वजनिक शौचालय निर्माणको कार्य निर्वाध रूपमा अघि बढाउने बाटो खुलेको छ । महानगरले यस स्थानमा अत्याधुनिक र सर्वसुलभ सार्वजनिक शौचालय निर्माणको काम अघि बढाएको हो । नेपालकै मुख्य प्रवेशद्वारको रुपमा रहेको यो स्थान हुँदै दैनिक सयौं यात्रु, व्यापारी, मजदुर, महिला, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको आउजाउ हुने गर्छन् ।

शहरको दैनिक गतिविधि, जनसंख्या चाप र सार्वजनिक स्थलहरूमा मानिसहरूको बाक्लो उपस्थितिका बीच शौचालय जस्ता आधारभूत संरचनाको अपरिहार्यता बढ्दै गएको बेला महानगरले यो स्थानमा सार्वजनिक सौचालय निर्माणको काम अघि बढाएको हो । वीरगंजजस्तो व्यापारिक, पर्यटकीय र सीमावर्र्ती शहरका लागि सार्वजनिक शौचालय अपरिहार्य रहेकाले महानगरले यहाँसँगै अन्य तीन स्थानमा यस्ता सार्वजनिक शौचालय निर्माणको काम भइरहेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन