प्रादेशिक अस्पताल पोखरियाको अध्यक्ष पदमा उमेश चौहान मनोनित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २२ श्रावण । पर्सा जिल्लाको पोखरिया नगरपालीका वडा नमबर ४ मा रहेको प्रादेशिक अस्पताल पोखरिया विकास समितिको अध्यक्ष उमेश प्रसाद चौहानको बिहीबार एक कार्यक्रमका विच पदस्थापना भएको छ ।

स्वास्थय तथा जनसँख्या मन्त्रभलय जनकपुरधाम धनुषा नेपाल २०८२–०४ –२० गतेको परिपत्र अनुसार पोखरिया नगरपालीका वडा नम्बर ४ निवासी तथा पोखरिया अस्पतालको पुर्व विकास समिति अध्यक्ष उमेश प्रसाद चौहानलाई पुनः मधेश प्रदेश सरकार स्वास्थ्य तथा जन्सँख्या मन्त्रालय अन्तर्गत रहेका प्रदेशिक अस्पताल पोखरियाको अक्ष्यक्ष पदको लागी मनोनयन गरिएको पत्रमा उलेख छ ।

२०७२ सालमा पोखरिया अस्पताल विकास समितिको अध्यक्ष पदमा उमेश प्रसाद चौहान र मेडिकल सुपरिटेन्डेड डा० शुशिल कुमार चौरसिया रहेका थिए ।

नमुना गा वि स पोखरिया वार्ड नम्बर १ बनकटवा निवासी उमेश चौहानको हाल पोखरिया नगरपालीका वडा नम्बर १ मा नै घर रहेको छ । उनको बुवा मुक्तिनारायाण प्रसाद चौहान, पँचायतकाल को पँचायती ब्यवस्थामा पोखरिया सतवरिया पँचायतको ३ पटक गाउ पँचायतको अध्यक्ष पदमा निर्वाचित भई सो ब्यवस्थामा गाउँ पँचायतको मुखिया थिए ।

त्यस पश्रचात उनका ठुलो दाई प्रदुमन प्रसाद चौहानले २०५४ सालमा गा०वि०स० अध्यक्ष बने २०६४ सालमा सँविधान सभा सदस्य बने र २०७९ सालमा पोखरिया नगरपालिकाको जनताको चाहाना र रोजाईमा दोबर मतको मतान्तरले पोखरिया नगरपालिकाको मेयरमा निर्वाचित भए । निवाचित मेयर चौहानको कार्याकालमा पर्साको ग्रामीण भेग सँग जोडिएका पोखरिया अस्पतालको उन्नती प्रगती गराई पोखरिया अस्पतालाई प्रदेशिक अस्पतालमा रुपान्तर गराउन सफल भए ।

पोखरिया अस्पतालमा पर्सा को विभिन्न पालिका लगायत छिमेकी मुलुक भारत बाट विरामीहरु उपचार गराउन आउने गर्छन ।पोखरिया नगरपालीकामा मालपोत तथा नापी कार्यालयको स्थापना , पोखरिया स्थित प्राचिन शिव मन्दिरमा करोडौ रुपैयाको लगानीमा पर्यटकीय आक्रसणका लागी मन्दिर निर्माण तथा सौन्दर्य करण गरे ।नगर भित्रका सामुदायीक विधालायहरुको गुणस्तर सुधारकालागी पहल गरे ।

आवस्यक्ता अनुसार कृषि कार्यकोलागी डिप टिव्वेल बोरिन जडान र विधुतिकरण को काम गराए, नगर भित्रका जनताको सुचनाको पहुच तथा विदेशमा रहेका नगर वासिका परिवारले सजिलै सँग वाई फाईको प्रयोग गरी आफना आफन्तहरु सँग कुरा गर्न सकिने ,विगत ४० वर्ष देखी अलपत्र रहेका नगर विकास टाउन प्लानको कामले गती लिई निसा प्रदान गर्ने सम्म सो कार्य पुगेको छ ।

यातायाता पोखरिया बजार सँग जोडिएको वडा नम्बर १ देखी १० सम्मको हरेक टोल टोल बाट जोडिने वाटो ग्राभेलको ठाउमा ग्राभेल बाटो , पिच हुने ठाउमा पिचको बाटो ,ढलान हुने ठाउमा ढलान तथा नाला निर्माण को बाटो ,लगायतका सयौँ योजनाको काम गरेका छन ।

कती पय योजना सम्पन्न भई सकेको अवस्था छ । भने कतीपय योजनाहरु अधुरो र निर्माणधिन रहेको छ । नगरपालीकाको जन्तालाई स्वरोजगार बनाउन विभिन्न किसिमको क्षमता अभिबृद्धी तथा सिपमुलक तालिम सँचालन गरेका छन ।

प्रदेशिक अस्पताल पोखरियाले आयोजना गरेको पदभार स्थापना कार्यक्रम प्रादेशिक अस्पताल पोखरियाको मेडिकाल सुपरिटेण्डेड डा० आन्नद रौनियारको अध्यक्ष्तामा भएको कार्यक्रमा प्रमुख अतिथि पोखरिया नगरपालीकाको नगर प्रमुख प्रदुमन प्रसाद चौहान, पुर्व मे सु डा० अनिल यादव वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद गिरी , पुर्व वडा अध्उक्ष बँका प्रसाद कुर्मी , नेपाल रेडक्रस सोसायटी उप साखा पोखरियाको सभापती भगवान प्रसाद कुर्मी, बृजेश द्विवेदी, सन्जु दास लगायत पोखरिया अस्पतालको कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

  • Bishnu Timalsina

    Related Posts

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    म्यानमार सरकारले खेनपो छिमेद छिरिङलाई ‘महासाधम्म ज्योतिषध्वज’ उपाधि प्रदान गरेको छ-

    दीपेन्द्र प्रजापति/कालो झोला । काठमाडौं, १६ जेठ । बौद्ध धर्मको शुद्धता, संरक्षण र विश्वव्यापी प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा म्यानमार सरकारले खेन्पो छिमेद छिरिङ (डा. ल्हारक्याल लामा) लाई “महासधम्म ज्योतिषध्वज” को…

    पहिलो

    • June 2, 2026
    • 38 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 48 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन