बलिवुड फिल्म कुली र वार-२ ले तीन दिनमा कति कमाए ?

काठमाडौँ । बलिवुडमा गत विहिबार दुई ठुला बजेटका फिल्म रिलिज भएका छन् ।

ऋतिक रोशन र जूनियर एनटीआरको वार- २ रिलिज भएको छ भने सुपरस्टार रजनीकान्तको कुली पनि एकसाथ रिलिज भएको छ । रजनीकान्तको फिल्मको लागि दर्शकहरूमा ठूलो क्रेज देखिएको छ ।

रिलिजको तीन दिनमा रजनीकान्तको फिल्म कुलीले भारतमा १५०.९६ करोड कमाई गरेको छ । फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन ६५ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५४.७५ करोड कमाई गरेको थियो । त्यस्तै कुलीले तेस्रो दिन भारतमा ३१.२१ करोड कमाई गरेको थियो ।

त्यसैगरी वार-२ ले पनि बक्सअफिसमा जबर्जस्त कमाई गरिरहेको छ । फिल्मले तीन दिनमा १४२.३५ करोड कमाई गरेको छ । फिल्मले भारतमा पहिलो दिन ५२ करोड कमाई गरेको थियो भने दोस्रो दिन शुक्रबार ५७.३५ करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो दिन शनिबार फिल्मले ३३ करोड कमाई गरेको छ ।

सुपरस्टार रजनीकान्तकोको फिल्म कुलीले दक्षिण भारतमा आफ्नो दबदबा कायम गरेको छ भने ऋतिक र जुनियर एनटीआरको फिल्म वार-२ ले हिन्दी भाषामा दबदबा कायम गरेको देखिएको छ ।

कुली यस वर्षको बहुप्रतिक्षित फिल्महरू मध्ये एक हो । सुपरस्टार रजनीकान्त बाहेक, बलिउड सुपरस्टार आमिर खान, नागार्जुन, श्रुति हासन, सोबिन शाहीर र उपेन्द्र राव पनि यस फिल्ममा मुख्य भूमिकामा देखिनेछन् । यो फिल्म करिब ४ सय करोडको बजेटमा बनाइएको छ । अर्कोतर्फ ऋतिक रोशनसँगै जुनियर एनटीआरको फिल्म वार-२ को लागत पनि चार सय करोड रहेको छ ।

  • Related Posts

    जबरजस्ती करणी गरेको अभियोगमा दाङबाट पक्राउ

    दाङ ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-४ मौरीघाट बस्ने ५० वर्षीय प्रेम बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  प्रेमले ती बालिकालाई जबरजस्ती करणी…

    हातेमालो सहकारीद्वारा कृष्टल तथा गहना निर्माण तालिम सुरु

    हेटौंडा । हातेमालो बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ७ दिने कृष्टल, गहना तथा हेयर एसेसरी निर्माण सम्बन्धी सीपमूलक तालिम सुरु भएको छ। हेटौंडा–२, संगमचोकस्थित सहकारीको आफ्नै भवनमा सुरु भएको…

    पहिलो

    • June 2, 2026
    • 36 views

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    • June 2, 2026
    • 43 views
    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    • June 2, 2026
    • 44 views
    नेपाल-भारत सम्बन्ध नयाँ किसिमले अगाडी बढाउने

    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    • June 2, 2026
    • 50 views
    वीरगन्ज महानगरका नगर प्रमुख राजेशमान सिंह पक्राउ

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    • June 2, 2026
    • 47 views
    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    अदालतमा सुधार गर्न २१ बुँदे निर्देशन

    • June 2, 2026
    • 46 views
    अदालतमा सुधार गर्न  २१ बुँदे निर्देशन