हेटौडाबाट निषेधित लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट निषेधित लागूऔषध डाइजेपाम १ हजार ९ सय ५० एम्पुल, नोर्फिन १ हजार ९ सय ५० एम्पुल, फेनारगन १ हजार ९ सय ५० एम्पुल र ट्रामाडोल २ सय ४० ट्याब्लेट सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच बलाई गाउँ बस्ने ३५ वर्षीय किस्मत अलि र २८ वर्षीय शाहरूख अलि रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले रक्सौलबाट काठमाडौतर्फ आउँदै गरेको वीआर ०१ पिबी १८०२ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध फेला पारी चालक किस्मत र सुमोमा सवार शाहरूखलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 33 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 29 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 28 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 31 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 31 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 34 views
    आजको राशिफल