फिल्म ‘कन्यादान’ को घोषणा

काठमाडौँ । ‘रङ्गेली’ फेम निर्देशक अर्जुन सुवेदीले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘सोल्टिनी’ रिलिजभन्दा अगाडी नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् ।

उनको निर्देशनमा बन्न लागेको फिल्मको नाम ‘कन्यादान’ राखिएको छ । उनले हरितालिका तिजको अवसर पारेर मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएका हुन् ।

यो फिल्ममा विधवा महिलाको जीवन र समाजले दिने चुनौतीको कथा रहेको बताइएको छ ।

कुमार भट्टराई र अर्जुन सुवेदीको संयुक्त लेखन रहेको फिल्मलाई आगामी वर्ष रिलिज गर्ने लक्ष्य लिइएको छ । फिल्मको निर्माणमा प्लानेट थ्री फिल्म्सले गर्नेछ भने सुभकाशा पिक्चर्स र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ । फिल्मको प्रस्तुतकर्तामा रेजिना बिस्ट र कार्यकारी निर्मातामा मार्टिन ओली रहेका छन् ।

यो फिल्मको छायाङ्कन निर्देशनमा सुसन प्रजापति र सङ्गीतकारमा प्रशान्त सिवाकोटी रहनेछन् । यसअघि ‘कन्यादान’ शीर्षकमा दुईवटा फिल्म बनिसकेका छन् ।

  • Related Posts

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    काठमाडौँ । पीएम कपको फाइनलमा सुदूरपश्चिम प्रदेशले त्रिभुवन आर्मी क्लबलाई १६२ रनको लक्ष्य दिएको छ । पर्सामा जारी फाइनल खेलमा टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिम प्रदेशले ३९.४ ओभरमा अल…

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने रौतहट घर…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 19 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 23 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि