ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनासम्बन्धी सम्भाव्यता अध्ययनको समझदारी

काठमाडौँ ।  नेपाल सरकार, लगानी बोर्ड तथा दक्षिण कोरियाली कम्पनी जि- फिलोस कम्पनी लिमिटेडका बीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्यूल सेल स्थापनाका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयारी सम्बन्धमा समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । 

समझदारीपत्रमा लगानी बोर्डको तर्फबाट प्रमूख कार्यकारी अधिकृत सुशील ज्ञवाली तथा प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडका तर्फबाट प्रमूख कार्यकारी अधिकृत गा वु पार्कले हस्ताक्षर गरेका छन् । 

समझदारी अनुसार प्रस्तावक कम्पनी जि – फिलोस कम्पनी लिमिटेडले लगानी बोर्डबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेपश्चात विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी करिब १० महिना भित्रमा लगानी बोर्डको कार्यालयमा पेश गर्नेछ । 

उक्त हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका महामहिम राजदुत पार्क ताए योङले विशेष मन्तव्य राख्दै नेपालमा यस प्रकारका नवीकरणीय स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको औंल्याउँदै यस्ता परियोजनाहरूले नेपालले परिलक्षित गरेका दिगो विकास लक्ष्यहरुको प्राप्तीमा कोशेढुङ्गा साबित हुने तथा नेपाल र दक्षिण कोरिया बीचको द्विपक्षिय सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. राम प्रसाद धिताल, विद्युत विकास विभागका महानिर्देशक जिवछ मण्डल,  ऊर्जा,जलस्रोत तथा सिंचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत,  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य एवम् ग्रीन हाइड्रोजनको अध्ययन तथा अनुसन्धानमा क्रियाशील काठमाडौँ विश्वविद्यालयका अनुसन्धानकर्ता डा विराज सिंह थापाले नेपालमा ग्रीन हाइड्रोजनको सम्बन्धमा मौजूदा नीतिगत तथा कानूनी व्यवस्था, यसका बहुआयामिक लाभका विषयहरू तथा आगामी दिनमा यस प्रकारका ऊर्जाको उपयोगका सम्बन्धमा आफ्नो मन्तव्य राखेका थिए ।

लगानी बोर्डको कार्यालयका सहसचिव बाबु राज अधिकारीले विशेष स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा बोर्डका प्रमूख कार्यकारी अधिकृत ज्ञवालीले समापन मन्तव्य प्रस्तुत गर्दै यस प्रकारको परियोजनामा प्राज्ञिक क्षेत्रको समेत महत्वपूर्ण भूमिका रहने तथा यस्ता परियोजनाहरुले नेपाल जस्तो राष्ट्रमा पूँजी तथा प्रविधीको विनिमयमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । प्रस्तावक कम्पनीले निर्दिष्ट समयमै गुणस्तरीय प्रतिवेदन पेश गर्ने विश्वास राख्दै ज्ञवालीले अध्ययन पश्चात यथासक्य छिटो नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रस्तावक कम्पनी जि-फिलोस कम्पनी लिमिटेडले नेपालमा सार्वजनिक-निजी साझेदारी ढाँचामा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापना, विकास तथा सञ्चालनका लागि मिति २०८२ वैशाख १५ मा लगानी बोर्डको कार्यालयमा प्रस्ताव पेश गरेकोमा लगानी बोर्डको ६३औं बोर्ड बैठकले उल्लिखित प्रस्तावक कम्पनीसँग समझदारी गरी सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो ।

  • Related Posts

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक…

    सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य सामान्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको ४ सयले बढेर तोलाको ३ लाख ११ हजार ३ सयमा…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 52 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला