वीरगंजमा परीक्षण गरिएको सबै पानी ‘नेगेटिभ’, हैजा फैलाउने जीवाणु फेला परेन-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगंज, १२ भाद्र । वीरगंज महानगरपालिकाले आफ्नै प्रयोगशालाबाट गरेको संक्रमित स्थलको पानी परीक्षणमा झाडापखाला फैलाउने जीवाणु नरहेको पुष्टि भएको छ । हैजा प्रभावित वडा नं. १०, ११ र १२ का सात स्थानका धाराबाट लिइएका सबै नमूनाको प्रतिवेदन ‘नेगेटिभ’ आएको हो ।

पछिल्ला दिनमा झाडापखाला तथा हैजाको संक्रमण तीव्र रूपमा फैलिन थालेपछि महानगरले तत्कालीन जोखिमलाई ध्यानमा राख्दै आफ्नै प्रयोगशालामा पानी परीक्षण सुरु गरेको थियो । महानगरले हैजा प्रभावित वडा नं. १०, ११ र १२ का विभिन्न सात स्थानका धाराबाट पानीको नमूना संकलन गरी परीक्षण गरेको थियो ।

तीमध्ये तीनवटा बोरिङ र चारवटा खानेपानी संस्थानका धाराबाट नमूना संकलन गरिएको थियो । सबै सात नमूनामा झाडापखाला फैलाउने इ.कोली जीवाणु फेला नपरेको महानगरले जनाएको हो । यसअघि मधेस प्रदेश प्रयोगशालामा पठाइएका १० वटा नमूनामा पनि जीवाणु फेला नपरेको पुष्टि भएको थियो ।

वडा नं. १ छपकैयास्थित खानेपानी प्रशोधन केन्द्रमै स्थापना गरिएको आधुनिक प्रयोगशालाबाट हाल परीक्षण भइरहेको छ । माइक्रोबायोलोजिष्ट अजय मण्डलको प्राविधिक नेतृत्वमा भइरहेको परीक्षणमा हाल इ.कोली परीक्षण गरिएको हो । युनिसेफको सहयोगमा कोलीफर्म परीक्षण पनि सुरु भएको छ ।

यसको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ ।महानगरको वातावरण निरीक्षक प्रकाश ऐरसहितको प्राविधिक टोलीले संकास्पद क्षेत्रमा पुगेर धाराको पानी संकलन गर्दै नियमित परीक्षण गर्ने कामलाई तीव्रता दिएको छ । कुन क्षेत्रमा दूषित पानी प्रवाह भइरहेको छ भन्नेबारे यथाशीघ्र जानकारी प्राप्त गर्न र तत्काल आवश्यक कदम चाल्न सहज हुने भएकाले महानगरले आफ्नै स्तरमा परीक्षण अघि बढाएको हो ।

महानगर प्रमुख राजेशमान सिंहले संक्रमण नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको उल्लेख गर्दै सुरक्षित खानेपानी नै हालको मुख्य आवश्यकता भएको बताउनुभयो । उहाँका अनुसार नागरिकलाई शुद्ध र सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले आफ्नै प्रयोगशालाबाट परीक्षण सुरु गरिएको बताउनुभयो । अत्यधिक प्रभावित क्षेत्रमा प्रयोग हुने धारामा प्राथमिकता दिँदै परीक्षण भइरहेको छ भने आवश्यकता अनुसार अन्य संकास्पद स्थानका नमूनासमेत संकलन गरी परीक्षण गरिने महानगरले जनाएको छ ।

  • Bishnu Timalsina

    Related Posts

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 68 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 40 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 35 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला