आइरिश पबले रविन्द्र ढाँटलाई गर्यो सम्मान, खेल कोषमा जुट्यो लाखौं सहयोग

काठमाडौं । लाजिम्पाटस्थित आरिश पबले ‘च्याम्पियन्स नाइट’ आयोजना गर्दै भारतीय म्याट्रिक्स फाइट नाइट (एमएफएन) को मुख्य प्रतिस्पर्धामा उपाधि जितेर इतिहास रचेका नेपाली मिश्रित मार्शल आर्ट्स (एमएमए) खेलाडी रविन्द्र धन्तलाई सम्मान गरेको छ ।

कार्यक्रमको सुरुवात धन्तसँग ‘मिट एण्ड ग्रिट’ बाट भएको थियो, जसमा विशेष आमन्त्रित तथा उनका समर्थक सहभागी भएका थिए । त्यसपछि सर्वसाधारणलाई खुला गरी राष्ट्रिय गौरव बनेका धन्तको जितको खुसी सामूहिक रूपमा मनाइएको थियो।  

खेलाडीको आगामी यात्रा सहज बनाउन आयरिश पबले सुरु गरेको कोष संकलन अभियानबाट ६ लाख २० हजार रुपैयाँ जुटेको छ । यसले स्थानीय खेल प्रतिभा विकासप्रति समुदायको प्रतिवद्धता प्रस्ट पारेको पब व्यवस्थापनले जनाएको छ ।

कोष संकलनमा योगदान पुर्‍याउने संस्थाहरूमा जुजु वेयर्स, अल्फा कन्सर्न, गणेशमान सिंह फाउन्डेसन, मुस्ताङ हे्ली, होलिडे इन एक्सप्रेस, राब, एबी कर्प, आर्च भिजन, बिनी, अंशु इनभेष्ट, गिफ्ट हाउस प्रमुख छन् । 

आयरिश पबका प्रबन्ध साझेदार राईश भट्टले भने- ‘रविन्द्र धन्तले नेपाललाई विश्वको एमएमए नक्शामा राखेका छन् । आफ्नै खेलाडीलाई सम्मान गर्न र सहयोग गर्नुपर्ने हाम्रो कर्तव्य हो। यस कार्यक्रममा समन्वय पुर्‍याइदिनुभएकोमा एमएमए र कोच दिविज पिया लामाप्रति विशेष आभार प्रकट गर्न चाहन्छौं ।’ 

लाजिम्पाटको मुटुमा रहेको आयरिश पब काठमाडौंको लोकप्रिय गन्तव्य हो, जहाँ स्वादिष्ट खानेकुरा, पेयपदार्थ र मनोरञ्जनको विशेष माहोल पाइन्छ। विविध कार्यक्रम आयोजना गर्ने परम्पराका कारण यो स्थान स्थानीय तथा विदेशी दुवैका लागि प्रिय बनेको छ ।

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 61 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला