चोरी तथा लागु औषध सम्बन्धि कसूरमा एक युवक पक्राउ-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, १५ भाद्र । जिल्ला प्रहरी कार्यालय, पर्सा ले चोरी तथा लागु औषध सम्बन्धि कसूरमा एक जना युवकलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

गत भाद्र ०६ गते दिउँसो करिब ०३:३० बजेको समयमा रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नं. ०१ घर भई हाल पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. १५, शिरोमणी टोल स्थित बस्ने वर्ष ४६ को रामपुकार प्रसाद यादवको श्रीमती सविता कुमारी देवीले काम विशेषले घरकोठामा ताल्चा लगाइ बाहिर गएको बखत सो घरकोठाको ताल्चा फुटाइ भारतीय नगद रू. १ लाख २९ हजार ८ सय, नेपाली नगद रू. १ लाख २५ हजार र सुन चाँदीका गरगहनाहरू समेत चोरी भएको भन्ने उजुरी दिएकी थिइन् ।

प्राप्त सूचनाको आधारमा उक्त घटनाको अनुसन्धान गर्दै जाँदा CCTV फुटेजको आधारमा घटनामा संलग्न पटक-पटक चोरी सम्बन्धि कसूरमा सजाय पाएका वीरगञ्ज महानगरपालिका वडा नं. १६ बस्ने वर्ष ३५ को मखु भन्ने शेख साहेबजान मियाँलाई यही भाद्र ०८ गते नियन्त्रणमा लिइ चोरी सम्बन्धि कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद लिइ अनुसन्धान भइरहेकोमा विशेष सूचना तथा अनुसन्धानको क्रममा थप खुल्न आई निजको घरकोठा खानतलासी गर्दा लागु औषध गाँजा तथा सुन चाँदीका गरगहना सहित नगद रु. १५ लाख १५ हजार फेला परेको छ ।

सोही क्रममा लागु औषध गाँजा जस्तो देखिने पदार्थ-९ के.जी. ८ सय ०९ ग्राम, डिजिटल तराजु-१ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको कानको झुम्का-२ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको नाकको नथिया-४ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको माङ टिका-२ थान, सुन जस्तो देखिने पहेलो धातुले बनेको लकेट सिक्री सहित-१ थान तथा सुन जस्तो देखिने पहेलो धातुले बनेको टप-२ थान फेला परेको छ ।

यसै गरी चाँदी जस्तो देखिने सेतो धातुले बनेको पायल-८ पिस, चाँदी जस्तो देखिने सेतो धातुले बनेको माठा-२ पिस, श्रोत नखुलेको नगद रू.१५ लाख १५ हजार फेला परेकोले उल्लेखित परिमाणको लागु औषध गाँजा तथा सुन चाँदीका गरगहना सहित नगद रु. १५ लाख १५ हजार फेला पारी रितपुर्वक बरामद गरी निजलाई थप लागु औषध सम्बन्धि कसूरमा समेत अनुसन्धान कार्य भइरहेको कुरा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्साल ले बताएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    चितवनमा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते

    चितवन । चितवनको कालिका नगरपालिकामा टिपरको ठक्करबाट ई-रिक्सामा सवार ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार कालिका नगरपालिका- ४ स्थित माछापुच्छ्रे मार्गमा बा प्र ०६- ००१ ग ०२३२ नम्बरको…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 66 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 40 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 35 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला