युक्रेन युद्ध बारे पुटिनले एससीओ शिखर सम्मेलनमा के भने ?

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना अलास्कामा भएको भेटवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने बारेमा ‘आपसी समझदारी’ भएको बताएका छन् ।

शंघाई सहयोग संगठन (एससीओ ) शिखर सम्मेलनमा पुटिनले ट्रम्पसँग युक्रेन युद्ध अन्त्य गर्ने बारेमा ‘आपसी समझदारी’ भएको बताउदै युक्रेनमाथि आक्रमण गर्ने आफ्नो निर्णयको बचाउ गरेका छन् ।

तर उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग शान्ति वार्ताको लागि तयार छन् कि छैनन् भन्ने कुरा स्पष्ट रुपमा भने भनेनन् ।

अलास्का बैठक पछि, अमेरिकी विशेष दूत स्टीव विटकोफले पुटिनले युक्रेनलाई सुरक्षा ग्यारेन्टी प्रदान गर्न सहमत भएको बताएका थिए । 

आफ्नो भाषणमा, पुटिनले अलास्कामा ट्रम्पसँगको भेटवार्तामा भएको सहमतिपछि ट्रम्प सो दिशामा अगाडि बढिरहेको र युक्रेनमा शान्तिको बाटो खोलिरहेको आफुले विश्वास गरेको बताए ।

उनले युद्धको दोष युक्रेनलाई नाटोमा सामेल गराउने उद्देश्यले पश्चिमा देशहरूको निरन्तर प्रयासलाई लगाए । पुटिनले युक्रेनलाई पश्चिमी सैन्य गठबन्धन नाटोमा सामेल गर्ने विचारको निरन्तर विरोध गर्दै आएका छन् ।

२०१४ मा, पुटिनले क्रिमियालाई आफ्नो कब्जामा लिए र रूस समर्थक समूहहरूले पूर्वी युक्रेनका केही भागहरू कब्जा गरेका थिए ।

  • Related Posts

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    काठमाडौँ । इन्डोनेसियाको कालिमन्तन प्रान्तमा एक हेलिकोप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको पुष्टि भएको छ । अधिकारीहरूका अनुसार हेलिकोप्टर बिहीबार बिहान प्लान्टेशन क्षेत्रबाट उडेको केही ५…

    बिबिसीले दुई हजार कर्मचारी हटाउदै

     बेलायतको सार्वजनिक प्रसारण संस्था बीबीसीले ठूलो मात्रामा कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी दुई वर्षभित्र करिब दुई हजार कर्मचारी हटाइने जनाइएको छ, जसले कुल कर्मचारीको झण्डै १० प्रतिशतलाई…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 33 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 27 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 28 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 18 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 32 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि