भारतसँगको व्यापार सम्झौता बारे ट्रम्पको नयाँ दाबी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकी सामानमा आयात शुल्क शून्यमा झार्ने प्रस्ताव गरेको दाबी गरेका छन् । ट्रम्पले भारतले आयात शुल्क शुन्यमा झर्ने प्रस्ताव गरेको भएपनि यो धेरै ढिला भएको दाबि गरेका हुन् । 

ट्रम्पले भनेका छन्- ‘धेरै कम मानिसहरूले बुझेका छन्, हामी भारतसँग धेरै कम व्यापार गर्छौं, तर तिनीहरू (भारत) हामीसँग ठूलो मात्रामा व्यापार गर्छन् । अर्को शब्दमा, भारतले हामीलाई ठूलो मात्रामा सामान बेच्छ । हामी तिनीहरूको सबैभन्दा ठूलो ग्राहक हौं तर हामी तिनीहरूलाई धेरै कम सामान बेच्छौं । अहिलेसम्म यो पूर्णतया एकतर्फी सम्बन्ध रहेको छ र दशकौंदेखि यस्तै छ ।’

ट्रम्पले अमेरिकी व्यवसायीहरू अझै पनि भारतमा सामान बेच्न सक्षम नभएको उल्लेख गर्दै यसको कारण भारतले अहिलेसम्म अन्य देशहरूको तुलनामा अमेरिकामाथि सबैभन्दा बढी कर लगाएको उल्लेख गरेका छन् । ट्रम्पले यसलाई अहिलेसम्म एकतर्फी विपत्ति जस्तै भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘भारतले आफ्नो अधिकांश तेल र सैन्य उत्पादनहरू रूसबाट किन्छ । यसले अमेरिकाबाट धेरै कम किन्छ । अब उनीहरूले भन्सार शुल्क शून्यमा झार्ने प्रस्ताव गरेका छन्, तर यो ढिलाइ भइरहेको छ । उनीहरूले यो वर्षौं पहिले नै गर्नुपर्थ्यो ।’

पछिल्लो समय अमेरिकाले भारतले रुसबाट पेट्रोलियम पदार्थ किनेको भन्दै २५ प्रतिशत अतिरिक्तसहित ५० प्रतिशत कर लगाएपछि अमेरिका र भारतको सम्बन्ध बिग्रिएको छ । 

  • Related Posts

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    काठमाडौँ । ईरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनीको मृत्यु भएको करिब चार महिनापछि उनको अन्त्येष्टि गरिने भएको छ । उनको अन्तिम इच्छा अनुसार उनलाई पवित्र धार्मिक शहर मशहदमा रहेको इमाम…

    माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने ट्रम्पको चाहना

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक माउन्ट रशमोरमा आफ्नो प्रतिमा राख्ने बहसलाई नयाँ रूपमा अघि सारेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा कृत्रिम बौद्धिकता…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 59 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला