मानव बेच बिखनको जालो तोडेका पर्सा प्रहरी प्रमुख मिश्रा सम्मानित-

दीपेन्द्र प्रजापति/कालो झोला ।

बीरगंज, २० भाद्र । मानव बेचबिखन तथा ओसार पसार विरुद्दको राष्ट्रिय दिवस भाद्र २० को अवसरमा नेपाल सरकार महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रालय द्वारा जिल्ला प्रहरी कार्यालय, पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र सम्मानित भएका छन् । ७७ वटा जिल्ला मध्ये भएको प्रतिष्पर्धामा मानव बेचबिखन विरुद्द खरो उत्रियको पर्सा प्रहरीले बाजी मारेको हो ।

मानव बेचबिखन एउटा गम्भिर अपराध हो । बर्ष भरी प्रहरीले गरेको मानव बेचबिखन विरुद्धको कार्य विवरणका आधारमा महिला तथा बालबालिका मन्त्रालयको छनौट समितिले उत्कृष्ट जिल्ला छनौट गर्ने परम्परा अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा प्रथम स्थान प्राप्त गरी सम्मानित हुन सफल भएको हो ।

प्रहरी उपरीक्षक गौतम मिश्र ७ महिना अगाडि जिल्ला प्रहरी कार्यालय, पर्सामा हाजिर भएपछि मानव बेचबिखन सम्बन्धि कसूरको विरुद्दमा दह्रो अभियान नै छेडेका थिए । उनि हाजिर भए पश्चात् १५ वटा मुद्दा दर्ता, १७ जना अभियुक्त पक्राउ गरी सफल अनुसन्धान, करिब ३ सय जना जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई सकुशल उद्दार गरी मानव बेचबिखन सम्बन्धि ३ सय ५० वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बिभिन्न सरोकारवाला निकायहरू संग समय समयमा गरिएका अन्तरक्रिया कार्यक्रमले समग्र जिल्लामा यस्ता किसिमका अपराधहरूको न्यूनिकरण गर्नुका साथै कानूनी दायरामा ल्याउन अहम भूमिका खेलेको पाइन्छ ।

  • Bishnu Timalsina

    Related Posts

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालले राजस्व छलीको आशंकामा विभिन्न स्थानबाट नियन्त्रणमा लिएका ७७९ वटा विद्युतीय सवारीसाधनका सम्बन्धमा विस्तृत छानबिन गर्न सरकारले एक समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 30 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन