दीपेन्द्र प्रजापति/कालो झोला ।
जनकपुर, २२ भाद्र । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ७५ औँ अवतरण दिवसको पावन अवसरमा यही भदौ २१ देखि २३ गते सम्म तीन दिने भव्य महासमागम समारोह अन्तर्गत सतलोक आश्रम धनुषामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अवतरण दिवसमा आयोजित भण्डारा, दाइजो मुक्त विवाह, आध्यात्मिक प्रवचन लगायतका गतिविधि सँगै रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ ।
पूर्ण ब्रह्म कवीर उपासक समाज नेपालले वर्षको ६ पटक यस्ता भव्य महासमागमहरू आयोजना गर्दै आएको छ । प्रत्येक कार्यक्रममा भक्तजनहरूले स्वेच्छाले उल्लेखनीय रूपमा रक्तदान गर्ने गरेका छन् । यही निरन्तरताले यस संस्थालाई नेपालका प्रमुख रक्तदान गर्ने संस्थाहरूको अग्रपङ्क्तिमा स्थापित गरेको तथ्याङ्कले पुष्टि गरेको छ ।
आयोजित रक्तदान कार्यक्रमले धार्मिक उत्सवलाई सामाजिक उत्तरदायित्व सँग जोड्ने उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ । यसले भविष्यमा समाजलाई अझ बढी सेवा केन्द्रित र मानवतावादी मूल्यमा उन्मुख तुल्याउने आशा जगाएको छ ।
यसै गरी सतलोक आश्रम रहेको धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं. ०२, बेलाचापीमा तीन दिने भव्य महासमागम कार्यक्रमको दोस्रो दिन आईतबार दाइजोमुक्त सामुहिक विवाह पनि सम्पन्न भएको छ । यस कार्यक्रममा १४ जोडीले आडम्बर रहित, दाइजो मुक्त विवाह १७ मिनेट मै असुर निकन्दन रमैणी बजाएर सम्पन्न गरेका छन् । वैवाहिक कार्यक्रम धार्मिक संस्कारअनुसार साधारण र मर्यादित ढङ्गले सम्पन्न भएको थियो ।दाइजोमुक्त विवाहले समाजमा ठूलो सकारात्मक सन्देश फैलाएको छ ।

विशेषगरी नेपालको तराई क्षेत्र तथा भारतका विभिन्न भागमा दाइजो प्रथा गम्भीर सामाजिक समस्या बनेको छ । दाइजो दिन नसक्ने परिवारहरू पीडित हुने, छोरीहरूलाई गर्भमै मार्ने तथा बुहारिलाई जिउदै डढाउने जस्ता अमानवीय घटनाहरू समेत हुने गरेका छन् । अब दाइजो दिनु नपर्ने अवस्थाले यस्ता समस्याहरूको समाधान हुने र छोरीलाई सम्मान पूर्वक जीवन बिताउन सहज हुने अपेक्षा गरिएको छ ।
यस अभियानको सुरुवात सन्त रामपाल जी महाराजले अन्याय, कुरीति र भेदभाव विरुद्धको सङ्घर्ष मार्फत गर्नुभएको हो । उहाँका अनुयायीहरू ‘साथमा साथ र हातमा हात’ दिएर यस्ता अन्यायहरूको अन्त्य गर्ने अभियानलाई अगाडि बढाइरहेका छन् । यसले समाजलाई सकारात्मक बाटोतिर डोर्यइ रहेको छ ।
तीन दिने अवतरण दिवस समारोहमा विशाल भण्डारा, रक्तदान शिविर, आध्यात्मिक प्रदर्शनी, निःशुल्क नाम दीक्षा सहित सत्सङ्गका कार्यक्रमहरूको समेत आयोजना गरिएको थियो । यस्ता कार्यक्रमले समाज सुधार र आध्यात्मिक चेतनालाई मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।









