काठमाडौं । सर्वोच्च अदालतका आजका सबै सुनुवाइ स्थगित भएका छन् ।
सर्वोच्चले काठमाडौं उपत्यकामा कर्फ्यू लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको जानकारी दिएको हो ।
अदालतले आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ ।









