फिल्म ‘जेरी अन टप’ को गीत युट्युबबाट हटाइयो

काठमाडौँ ।  बुढासुब्बा युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको फिल्म ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’हटाइएको छ । 

घटस्थापनाको अवसर पारेर सोमबार रिलिज गरिएको गीत २४ घन्टा पनि नवित्दै युट्युबबाट हटाइएको छ । पाँच लाखभन्दा बढी भ्यूज प्राप्त गरिसकेको गीत अचानक हटाइएपछि सबै आश्चर्यमा परेका छन् । 

फिल्मका निर्माता सरोज न्यौपानेका अनुसार गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको बताइएको छ । निर्माण पक्षले गीतको अर्को फाइल रिलिज भएका कारण त्यसलाई हटाएर गीतको नयाँ भर्सन रिलिज गरिने बताएको छ । 

प्राविधिक समस्याका कारण गीतलाई युट्युबबाट हटाइएपछि फिल्मका मुख्य अभिनेता अनमोल केसीले सामाजिक सञ्जालमार्फत दर्शकसँग माफी मागेका छन् । उनले लेखेका छन्, ‘सबैसँग माफी माग्छु । प्राविधिक समस्याका कारण हाम्रो नयाँ गीत हटाउनुपर्‍यो । तर, चिन्ता नगर्नुस्, हामी चाँडै नयाँ संस्करण लिएर आउनेछौं ।’ 

यही असोज ३१ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा अनमोलसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे (माग्ने बुढा), भुवन केसी, उषा खड्गी लगायतको पनि अभिनय रहेको छ भने फिल्ममा सुरक्षा पन्तको विशेष भूमिका रहेको छ । 

  • Related Posts

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    काठमाडौँ । कान्स फिल्म फेस्टिभलको ७९ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल आज फ्रान्स प्रस्थान गरेकी छन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा डंगोल फेस्टिभलमा भाग…

    विजय मुख्यमन्त्री बनेपछि मलाई कुनै ईर्ष्या छैन :रजनीकान्त

    काठमाडौँ । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तले तमिलनाडुको मुख्यमन्त्री बनेका सी जोसेफ विजयलाई बधाई दिदै कम्तिमा दुई बर्ष उनलाई काम गर्न दिनुपर्ने बताएका छन् । उनले विजयले कम उमेरमै पूर्व अभिनेता…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 24 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 23 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 24 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 24 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 25 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 25 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन