थापाथलीमा नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने

काठमाडौँ महानगरले थापाथलीस्थित ट्राफिक प्रहरी पोष्ट भत्काउन डोजर पठाएपछि नेपाल प्रहरी र महानगरीय प्रहरी आमने सामने भएका छन् । 

ट्राफिक पोष्टसहितका भौतिक संरचना संस्कृतिक सम्पदाको क्षेत्रमा बनेको भन्दै महानगरले यसअघि नै हटाउन समय दिएको थियो ।

महानगरको टोली सम्पदा क्षेत्रमा बनेका संरचना हटाउन डोजर लिएर थापाथली पुगेपछि ट्राफिक पोष्टलाई नेपाल प्रहरीले सुरक्षा दिएका छन् । अहिले पोष्टको सुरक्षा गर्न ठुलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । त्यस्तै महानगरीय प्रहरीको डोजरले अन्य संरचना भत्काइरहेको छ । 

यो ट्राफिक पोष्ट २०३० सालदेखि यस स्थानबाट सञ्चालन हुँदै आएको थियो । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले शनिबार मात्र पोष्ट हटाउने सूचना आएको भन्दै तत्काल पोष्ट अन्यत्र स्थानान्तरण गर्न नसकिने भन्दै महानगरलाई भत्काउन नदिने बताएको छ ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    पार्टी बनाउदै धवलशमशेर

    काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् । राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 69 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 40 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 33 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 31 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 36 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 36 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला