टंक बुढाथोकीले चलचित्र ‘बा–आमा’ निर्माण गर्ने

काठमाडौं । गायक तथा संगीतकार टंक बुढाथोकीले नयाँ नेपाली चलचित्र ‘बा–आमा’ निर्माण गर्ने भएका छन्। यसअघि उनले निर्माण गरेको पहिलो चलचित्र ‘मन बिनाको धन’ ले करिब चार करोड रुपैयाँ हाराहारीको व्यापार गरेको थियो ।

चलचित्र ‘बा–आमा’मा बालगायक अशोक दर्जी र टंकका छोरा एआर बुढाथोकी पुनः देखिने भएका छन्। अन्य कलाकारको छनोट प्रक्रिया भने बाँकी रहेको बुढाथोकीले जानकारी दिए। उनका अनुसार चलचित्रको शीर्षक चलचित्र विकास बोर्डमा दर्ता भइसकेको छ ।

टंक बुढाथोकीकै कथामा निर्माण हुने यस चलचित्रको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखिरहेका छन्। बुढाथोकीका अनुसार स्क्रिप्ट लेखन अन्तिम चरणमा पुगेको छ।‘स्क्रिप्ट लेखन लगभग अन्तिम चरणमा छ। त्यसपछि कलाकार छनोटको प्रक्रिया सुरु गर्नेछौँ,’ उनले भने, ‘आगामी वैशाखदेखि छायांकन सुरु गर्ने योजना छ।’

चलचित्रको कथा टंक बुढाथोकीकै लोकप्रिय गीत ‘बा–आमा’ बाट प्रेरित हुनेछ। पहिलो चलचित्रलाई दर्शकले राम्रो प्रतिक्रिया दिएको उल्लेख गर्दै उनले त्यसमा देखिएका कमी–कमजोरी सुधारेर अझ राम्रो चलचित्र निर्माण गर्ने लक्ष्य रहेको बताए ।

करिब पाँच वर्षअघि सार्वजनिक भएको टंकको हिट गीत ‘बा–आमा’ कै शीर्षकमा चलचित्र निर्माण हुन लागेको हो। यसअघि पनि उनले आफ्नो सुपरहिट गीत ‘मन बिनाको धन’ को शीर्षकबाट चलचित्र निर्माण गरेका थिए। ‘बा–आमा’ पारिवारिक तथा सामाजिक कथावस्तुमा आधारित चलचित्र हुने जनाइएको छ।टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र ‘बा–आमा’ की निर्माता विष्णुमाया मैनाली रहनेछिन्।

  • Related Posts

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    दीपेन्द्र प्रजापति/कालो झोला । बारा, २१ जेठ । कोल्हवी नगरपालिका, बाराको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ…

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित कान्तिपुर सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १०० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले जेठ २० गतेको निर्णयअनुसार उक्त नामावली सार्वजनिक…

    पहिलो

    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    • June 4, 2026
    • 59 views
    कोल्हवी नगरपालिकाको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ६६ बिरामी लाभान्वित तथा स्वास्थ्य सम्झौता हस्ताक्षर-

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 37 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 31 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 30 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 33 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 33 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला