बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बियो

 चेक बाउन्स प्रकरणमा जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बिने भएको छ ।

विहिबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले अर्को सुनुवाइ सोमबार, १६ फेब्रुअरीसम्मका लागि स्थगित गर्दै आज जमानत दिन अस्वीकार गरेको छ ।

सुनुवाइका क्रममा अदालतले राजपाल यादवलाई दुई दर्जनभन्दा बढी अवसर दिइएको उल्लेख गर्दै असन्तुष्टि जनाएको थियो । अदालतले उजुरीकर्तालाई जमानत निवेदनमा जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, यसअघि सर्वोच्च अदालतबाट पनि राहत नपाएको विषय उल्लेख गर्दै अबको सुनुवाइ १६ फेब्रुअरीमा हुने जनाएको छ ।

अदालतले बक्यौता तिर्ने प्रतिबद्धता पूरा नभएकोप्रति चिन्ता व्यक्त गरेको छ । विभिन्न चरणमा २५-३० पटकसम्म सुनुवाइ स्थगित गराइएको र रकम नतिरेको टिप्पणी अदालतले गरेको बताइएको छ । राजपाल यादवका वकिलले ठूलो दाजुको छोरीको विवाहमा सहभागी हुन अन्तरिम जमानत माग गरेका थिए । उनले बक्यौता रकम तिर्न तयार रहेको र फिल्म उद्योगका केही व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका छन् । उक्त निवेदनमाथि अन्तिम निर्णय अब १६ फेब्रुअरीमा हुने सुनुवाइपछि स्पष्ट हुनेछ ।

  • Related Posts

    आशा भोसलेले गएकी थिइन् यी नेपाली गीत

    भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।   उनको जीवन यात्रा…

    संगीत, संघर्ष, प्रेम र पीडाले भरिएको आशा भोसलेको जीवन

     भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।   उनको जीवन यात्रा…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 18 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 22 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि