दाङ-२ मा प्रलोपाको एमाले उम्मेदवार शंकर पोखरेललाई समर्थन

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दाङ-२ मा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले नेकपा एमालेका उम्मेदवार महासचिव शंकर पोखरेललाई समर्थन गर्ने निर्णय गरेको छ ।

प्रलोपा र एमालेबीच भएको सहमतिअनुसार कर्णाली र लुम्बिनी प्रदेशका केही जिल्लामा आपसी सहयोग गर्ने समझदारी बनेको थियो । सोहीअनुसार दाङका तीनै क्षेत्रमा प्रलोपाले प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई सहयोग गर्ने भएको हो ।

दाङ- २ मा प्रलोपाबाट उम्मेदवार रहेका प्रतिक अधिकारीको उम्मेदवारी निष्क्रिय गर्दै एमाले उम्मेदवारलाई समर्थन गरिएको छ भने दाङ- ३ मा प्रलोपाका घनश्याम डाँगीको उम्मेदवारी यसअघि नै निष्क्रिय गरी एमाले उम्मेदवार घनश्याम पाण्डेलाई सघाउने निर्णय गरिएको थियो । त्यस्तै प्रलोपाले दाङ- १ मा भने उम्मेदवारी दर्ता नै गरेको थिएन ।

दाङ- २ मा नेपाली कांग्रेस का किरणकिशोर घिमिरे, नेपाल कम्युनिस्ट पार्टीका निर्मल आचार्य र राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य मुख्य प्रतिस्पर्धामा छन् ।

यस क्षेत्रबाट अघिल्लो चुनावमा तत्कालिन माओवादी केन्द्रबाट काँग्रेसको समर्थनमा उम्मेदवार बनेकी रेखा शर्मा विजयी भएकी थिइन् । उनी यस पटक उम्मेदवार बनेकी छैनन् ।  

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 9 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 18 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि