गगन थापाको घोषणा: १० लाख आयसम्म कर लिदैनौं, १५ लाख रोजगारी सिर्जना गर्छौं

नेपाली काँग्रेसका सभापति गगन थापाले फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा केन्द्रित भएर पार्टीले जारी गरेको प्रतिज्ञा पत्रको पारेमा स्पष्ट गरेका छन् । 

काँग्रेसको प्रतिज्ञाका विषयमा आम मानिसका प्रश्नको जावफ दिन आयोजित गरिएको कार्यक्रममा बोल्दै सभापति थापाले प्रतिज्ञा पत्रको विषयमा उठेका प्रश्नका बारेमा प्रष्ट पारेका हुन् ।

उनले अब बन्ने सरकारमा केन्द्रमा १६ भन्दा बढी मन्त्रालय नहुने र प्रदेशमा ६ भन्दा बढी मन्त्रालय नबनाउने स्पष्ट गरेका छन् ।

सभापति थापाले अब काँग्रेसले नियुक्तिमा भागबण्डामा नलाग्ने प्रतिबद्धता व्यक्त गर्दै अब नियुक्ति क्षमताको आधारमा गर्ने बताए ।  उनले नेपालीको प्रतिव्यक्ति आय २५ सय डलर पुर्याउने बताए र यसको लागि १३७ खर्ब परिचालन गर्नुपर्ने जानकारी दिए । उनले काँग्रेसको आर्थिक नीति निजी क्षेत्रमैत्री हुने स्पष्ट गर्दै निजी क्षेत्रसँगको सहकार्य नगरी विकास गर्न नसकिने बताए । उनले काँग्रेसलाई निजी क्षेत्र मैत्री भन्ने आरोप लागे पनि त्यो आरोप स्वीकार गर्न तयार रहेको समेत बताए ।

सभापति थापाले काँग्रेसले १० लाखसम्म आय हुनेलाई कुनै कर नलगाउने र संस्थागत करको सिमा २० प्रतिशतमा झार्ने स्पष्ट गरे । उनले करको नीतिमा व्यापक परिवर्तन गर्ने घोषणा गर्दै सभापति थापाले विदेशमा रहेका नेपाली र विदेशीले देशमा लगानी गर्न आउने वातावरण बनाउने बताए ।

उनले बैंकमा अहिले धेरै पैसा थुप्रिएको बताउदै नीतिको अभावमा लगानी गर्न नसकिएको अवस्था अहिले रहेको उनले उल्लेख गरे । युवाहरुलाई साझेदार भएको बताउदै प्रशासनदेखि स्थानीय तहदेखि राजनीतिक दलसम्म सबै स्थानमा युवाका लागि ‘ल्याट्रल इन्ट्री’ खोल्ने घोषणा गरे ।

काँग्रेसको १५ लाख रोजगारी सिर्जना गर्ने प्रतिबद्धता गरेको बताउदै यो कुन कुन क्षेत्रमा रोजगारी सिर्जना गर्ने भन्ने आफुहरुले विस्तृत योजना बनाएर घोषणा गरेको स्पष्ट गरे । 

सभापति थापाले वैदेशिक रोजगारी केहि बर्ष रोक्न नसकिने स्पष्ट गर्दै यस क्षेत्रलाई काँग्रेसले व्यवस्थित गर्ने बताए । विदेश जानेदेखि फर्केर आउने अवस्थासम्म सरकारले जिम्मा लिने स्पष्ट गरेका छन् ।

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 11 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 15 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 19 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 10 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 23 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि