महानगरले दियो शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका उपकरण

काठमाडौँ महानगरले नेपाली सेनाको शार्दुलजंग गुल्मलाई आगलागी नियन्त्रणका लागि आवश्यक पर्ने साधन तथा उपकरण प्रदान 

गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले, गुल्मपति सुमित राज मल्ललाई सामग्री तथा उपकरण हस्तान्तरण गरेकी हुन् । 

हस्तान्तरण गरिएका सामग्रीहरुमा ६ किलोग्राम तौलका १६५ वटा फायर इस्टिङ्ग्वीसर, एउटा प्रोटेबल वाटर पम्प, डेलिभरी होज पाइप, फायर बुट छन् । 

गुल्मपति मल्लका अनुसार फायर इस्टिङग्वीसर नेपाली सेनाका विभिन्न युनिटहरमा राखिनेछन् । सामग्री हस्तान्तरण भएपछि सेनाको विपद् व्यवस्थापन टोलीले नारायण पोखरीमा पोर्टेवल वाटर पम्पमा डेलिभरी होज जोडेर एक ठाउँको पानी अर्को ठाउँमा पुर्याउने अभ्यास प्रदर्शन गरेको थियो । 

शार्दुल जंग गुल्म वि. सं. १८५६ सालबाट हनुमानढोका दरवार क्षेत्रमा तैनाथ छ । उपत्यकामा मनाइने मुख्य जात्राहरुमा सहभागी हुने यस गुल्मले हनुमानढोकामा रहेको राष्ट्रिय ढुकुटी, हनुमानढोका दरबार संग्रहालय, तलेजु भवानीको मन्दिरको सुरक्षा दिँदै आएको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 29 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन