इनिशा मृत्यु प्रकरणमा परिवारमाथि दबाब दिएको आरोप निराधार- मुख्यमन्त्री कँडेल

 कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले इनिशा मृत्यु प्रकरणमा पीडित परिवारलाई भेटेर समवेदना व्यक्त गरेको विषयलाई लिएर सामाजिक सञ्जाल र केही अनलाइन माध्यममा आएका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

मुख्यमन्त्री कँडेलले यस्तो दुःखद घडीमा पीडित परिवारलाई सान्त्वना दिनु, उनीहरूको पीडा सुन्नु र न्यायका लागि पहल गर्नु मानवियताको सामान्य दायित्व भएको बताए ।

उनले भेटका क्रममा इनिशाकी आमासँग कुराकानी गर्दै घटनाको निष्पक्ष र कानुनी ढंगले अनुसन्धान हुने तथा कानूनअनुसार न्याय सुनिश्चित गरिने विश्वास दिलाएको बताएका छन् । उनले परिवारमाथि कुनै प्रकारको दबाब दिने वा प्रभाव पार्ने प्रयास भएको भन्ने आरोप पूर्ण रूपमा निराधार भएको स्पष्ट पारेका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेश सरकारका तर्फबाट घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानूनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अघि बढ्ने बताए। घटना सार्वजनिक हुनासाथ संलग्न व्यक्तिमाथि अनुसन्धान गरी कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई निर्देशन दिइएको पनि उनले जानकारी दिए ।

उनले पीडितलाई न्याय दिलाउने र अपराधमा संलग्नमाथि कडा कारबाही गर्ने विषयमा आफू सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे। साथै सञ्चार माध्यमलाई भ्रमपूर्ण र असत्य सूचना प्रसारण नगर्न तथा त्यस्ता सूचनामा विश्वास नगर्न सबैमा अपिल गरेका छन् ।

गत शनिबार वीरेन्द्रनगर नगरपालिका-४, सुर्खेतस्थित शहीद उद्यानभित्र रहेको जनजागरण सामुदायिक वनमा १६ वर्षीया किशोरी इनिसा विकको बलात्कारपछि हत्या भएको थियो ।

  • Related Posts

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काठमाडौँ । नेपाली काँग्रेसले  गौरीबहादुर कार्की आयोगको प्रतिवेदन र २०८२ भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन तथा दोषीलाई कारबाही गर्ने बारे आफ्नो धारणा सार्बजनिक गरेको छ ।  बुधबार…

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादको मुद्धाको सुनुवाई आज पनि हुदैछ । विहिबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भएको सुनुवाई नसकिएपछि हेर्दा हेर्दैमा राखिएको यो…

    पहिलो

    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    • April 17, 2026
    • 14 views
    सुदूरपश्चिमले आर्मीलाई दियो १६२ रनको लक्ष्य

    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    • April 17, 2026
    • 18 views
    हेलिकप्टर दुर्घटना, ८ जनाको मृत्यु

    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    • April 17, 2026
    • 22 views
    विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    • April 17, 2026
    • 12 views
    कार्की आयोगको प्रतिवेदन बारे काँग्रेसले निकाल्यो यस्तो निष्कर्ष

    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि

    • April 17, 2026
    • 25 views
    काँग्रेसको आधिकारिकता विवादको रिटको सुनुवाई आज पनि