२० अर्ब निक्षेप संकलन बोल कबोल गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता बढेसँगै आज २० अर्ब बराबरको निक्षेप संकलन बोलकबोल गर्ने भएको छ । यो बोलकबोल २८ दिनको अवधिका लागि सञ्चालन हुनेछ ।

बोलकबोल आज दिउँसो ३ अनलाइन बिडिङ सिस्टम सफ्टवेरमार्फत मात्र हुने राष्ट्र बैंकले जानकारी दिएको छ । निक्षेपको व्याजदर बोलकबोलकै माध्यमबाट निर्धारण हुनेछ भने भुक्तानी मिति २०८२ चैत २९ गते तय गरिएको छ ।

बोलकबोलमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने र संकलित रकम सम्बन्धित बैंकको खाता मार्फत जम्मा गरिनेछ र व्याजसहित भुक्तानी मितिमा फिर्ता गरिने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने र निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार भुक्तानी मितिमा निर्धारित ब्याजसहित संकलित रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिनेछ । संकलित निक्षेप रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने तर राष्ट्र बैंकको निर्देशनअनुसार कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा भने गणना गर्न पाइनेछ । साथै, भुक्तानी मिति अघि उक्त निक्षेप रकम फिर्ता वा समयअगावै भुक्तानी नहुने राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

निक्षेप संकलन सम्बन्धी थप जानकारीका लागि मौद्रिक व्यवस्थापन विभागमा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।

  • Related Posts

    के स्मार्टफोन कम्पनीहरुले फोन योजनाबद्ध रूपमै छिटो बिग्रिने बनाउने गरेका हुन् ?

    काठमाडौँ । स्मार्टफोन कम्पनीहरूले जानाजानी फोन छिट्टै कमजोर बनाउने गरेको आशंकाबीच युरोपेली संघले यस विषयमा कडाइ थालेको छ । नयाँ फोन सुरुमा निकै छिटो चल्ने भए पनि केही समयपछि ब्याट्री…

    थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा चलन थाल्यो डोजर

    काठमाडौँ । थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि डोजर चलाइएको छ । यस अघि नै बस्ती हटाउने तयारीसँगै कडा सुरक्षा व्यवस्थाका बीच डोजरले घर तथा टहरा भत्काउन शुरु गरेको हो…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 5 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 15 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 17 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 6 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 15 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views