इरानसँगको युद्ध रोक्ने प्रस्ताव अमेरिकी सिनेटमा असफल

अमेरिकाको माथिल्लो सदन सिनेटमा इरानसँगको युद्ध रोक्न ल्याइएको प्रस्ताव अस्वीकृत भएको छ । प्रस्तावको पक्षमा ४७ र विपक्षमा ५३ मत परेको छ ।

यो प्रस्ताव डेमोक्रेटिक पार्टीका तर्फबाट ल्याइएको थियो । उनीहरूले युद्ध सुरु गर्ने अधिकार संसदसँग हुने भएकाले सरकार प्रमुख डोनाल्ड ट्रम्पले पूर्ण स्वीकृतिबिना यस्तो निर्णय लिन नपाउने बताएका थिए ।

डेमोक्रेटिक पार्टीले यसअघि पनि यस्तै प्रस्ताव तीनपटक ल्याइसकेको छ । सरकारमाथि दबाब सिर्जना गर्न निरन्तर प्रस्ताव ल्याइरहेको उनीहरूको भनाइ छ ।

पार्टीका सांसद क्रिस मर्फीले सरकारले युद्ध किन आवश्यक छ भन्ने स्पष्ट पार्न नसकेको आरोप लगाएका छन् ।

डेमोक्रेटिक पार्टीले यो विषयलाई यत्तिमै नछाड्ने र सरकार स्पष्ट नभएसम्म हरेक हप्ता मतदान गराउने चेतावनी दिएको छ ।

  • Related Posts

    ५ हजार सैनिक फिर्ता बोलाउने

    काठमाडौँ । अमेरिकाले आफ्ना नेटो साझेदार जर्मनीबाट करिब ५ हजार सैनिक फिर्ता बोलाउने निर्णय गरेको छ। यो कदमसँगै युरोपमा अमेरिकी सैन्य उपस्थितिबारे फेरि बहस चर्किएको छ। यस निर्णयअघि जर्मनीका चान्सलर…

    इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

    काठमाडौँ । मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा इरानका हमलाबाट ठूलो क्षति पुगेको खुलेको छ। सिएनएनको अनुसन्धान प्रतिवेदनअनुसार इरानले विभिन्न देशमा रहेका अमेरिकी अड्डाहरूलाई लक्षित गरी अहिलेसम्मकै गम्भीर क्षति पुर्‍याएको…

    पहिलो

    ५ हजार सैनिक फिर्ता बोलाउने

    • May 2, 2026
    • 6 views
    ५ हजार सैनिक फिर्ता बोलाउने

    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    • May 2, 2026
    • 14 views
    चलचित्र ‘तिमी मेरो म तिम्रो’ निर्माणको घोषणा

    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    • May 2, 2026
    • 13 views
    नेकपाले सार्बजनिक गर्यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

    रास्वपाले बोलायो सचिवालय बैठक

    • May 2, 2026
    • 7 views
    रास्वपाले बोलायो सचिवालय बैठक

    राष्ट्रपति पौडेलबाट थप तीन अध्यादेश जारी

    • May 2, 2026
    • 6 views
    राष्ट्रपति पौडेलबाट थप तीन अध्यादेश जारी

    इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति

    • May 2, 2026
    • 9 views
    इरान युद्धमा मध्यपूर्वका १६ अमेरिकी सैन्य अड्डामा क्षति