घट्यो ट्रम्पको लोकप्रियता

इरानसँगको युद्धपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियतामा गिरावट आएको देखिएको छ ।

पछिल्लो समय उनले रिपब्लिकन पार्टीको एक आर्थिक संकलन कार्यक्रममा भाग लिँदै आफ्नो पार्टीले यस वर्ष हुने मध्यावधि चुनाव जित्ने दाबी गरेका थिए ।

तर विभिन्न सर्वेक्षणले फरक तस्वीर देखाएका छन् । रॉयटर्सको सर्वे अनुसार ट्रम्पको लोकप्रियता अहिले करिब ३६ प्रतिशतमा झरेको छ, जुन युद्धअघि करिब ४० प्रतिशत थियो ।

विश्लेषकहरूका अनुसार इरानसँग बढ्दो तनाव र अमेरिकामा तेल तथा ग्यासको मूल्य वृद्धि ट्रम्पको लोकप्रियता घट्नुका मुख्य कारण बनेका छन् ।

यसैबीच ट्रम्पले आफूलाई इरानको सर्वोच्च नेता बन्न प्रस्ताव आएको दाबी पनि गरेका छन् । उनले उक्त प्रस्ताव अस्वीकार गरेको बताउँदै यस्तो जिम्मेवारीमा आफूलाई कुनै रुचि नभएको बताएका छन् । ट्रम्पले पर्दापछाडि इरानसँग वार्ता भइरहेको र इरानी पक्ष युद्धविराम चाहिरहेको दाबी गरे। तर आन्तरिक दबाबका कारण उनीहरू खुल्न नसकेको उनको भनाइ छ ।

यद्यपि इरानले ट्रम्पका सबै दाबी अस्वीकार गर्दै अमेरिकासँग कुनै वार्ता नभएको स्पष्ट पारेको छ।

  • Related Posts

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    काठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा  ‘आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा…

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    काठमाडौँ । गुजरात टाइटन्सले जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा गुजरातले बैंगलुरुलाई ४ विकेटले पराजित गरेको हो । बैंगलुरुले दिएको १५६ रनको लक्ष्य पछाएको…

    पहिलो

    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    • May 1, 2026
    • 5 views
    आज मई दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै

    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    • May 1, 2026
    • 15 views
    आइपिएलमा रोयल च्यालेन्जर्समाथि गुजरात ४ विकेटले विजयी

    आज बुद्ध जयन्ती मनाइदै

    • May 1, 2026
    • 17 views

    आजको मौसम पूर्वानुमान ?

    • May 1, 2026
    • 6 views
    आजको मौसम पूर्वानुमान ?

    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    • May 1, 2026
    • 15 views
    २०८३ बैशाख १८ गते शुक्रबार: आजको राशिफल

    गैरीगाउँ क्षेत्रमा पनि डोजर चलाउन शुरु

    • April 25, 2026
    • 31 views