राष्ट्रिय सभा अध्यक्ष दाहाल र टर्कीका सभामुख कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र टर्कीको संसदका सभामुख नुमान कुर्तुल्मुसबीच शिष्टाचार भेटवार्ता भएको छ ।

अन्तर व्यवस्थापिका सङ्घको १५२औँ महासभामा सहभागी हुन इस्तानबुल पुगेका अध्यक्ष दाहालले टर्कीका सभामुख कुर्तुल्मुससँग भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी हित तथा संसदीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ ।

अध्यक्ष दाहालले संसदीय सहकार्यमार्फत नेपाल र टर्कीबीचको सम्बन्ध अझ मजबुत बनाउनुपर्नेमा जोड दिँदै संसदीय अनुभव आदानप्रदान, भ्रमण तथा मैत्री समूह गठनमा रुचि रहेको बताए । उनले करिब ६ दशकदेखिको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालमै टर्कीको दूतावास स्थापना गर्न आग्रह गरे ।

टर्कीसँग सम्बन्धित कामका लागि नेपालीहरूलाई हाल दिल्ली जानुपर्ने अवस्थाको उल्लेख गर्दै उनले नेपाल र टर्कीबीच श्रम सम्झौता तथा नेपालमै दूतावास स्थापना भए सहकार्य अझ सहज हुने विश्वास व्यक्त गरेका थिए । उनले महासभामा टर्की सरकार र संसदले गरेको स्वागतप्रति धन्यवाद पनि व्यक्त गरे ।

सभामुख कुर्तुल्मुसले नेपाली प्रतिनिधिमण्डललाई इस्तानबुलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । उनले दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन टर्की प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपालमा दूतावास खोल्ने विषयमा सकारात्मक रहेको जानकारी दिए ।

टर्की सरकारले नेपालका लागि उपलब्ध गराउँदै आएको शैक्षिक छात्रवृत्तिको कोटा बढाउने र द्विपक्षीय व्यापार विस्तार गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

आगामी नोभेम्बरमा टर्कीमा हुने जलवायु सम्बन्धी सम्मेलनका लागि सहयोग गर्न उनले नेपालसँग आग्रह गरे । जवाफमा अध्यक्ष दाहालले उक्त सम्मेलन सफलताको शुभकामना दिँदै नेपाल सकारात्मक रहेको बताए ।

भेटमा महासभामा सहभागी नेपाली संसदीय प्रतिनिधिमण्डलका सदस्यहरू पनि उपस्थित थिए ।

  • Related Posts

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी समाप्त हुने वा सिध्याइने कल्पना नगर्न चेतावनी दिएका छन् । उनले राप्रपा धेरै कार्यकर्ताको रगत, पसिना र युवावस्था…

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा भ्रमणमा जाने भएका छन्। पूर्वराजा शाहको संवाद सचिवालयका अनुसार पूर्वरानी कोमल राज्यलक्ष्मी शाहसहित परिवारका सदस्य लिएर पूर्वराजा शाह यसै साता पोखरा भ्रमणमा जान लागेका…

    पहिलो

    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    • April 19, 2026
    • 24 views
    राप्रपा सिद्धिन्छ भन्ने सपना कसैले नदेखे हुन्छ- लिङदेन

    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    • April 19, 2026
    • 23 views
    पोखरा जादै पूर्व राजा ज्ञानेन्द्र

    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    • April 19, 2026
    • 21 views
    उत्तर कोरियाको अर्को ब्यालिस्टिक क्षेप्यास्त्र

    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    • April 19, 2026
    • 21 views
    बीपी राजमार्गमा सवारी आवागमन अवरुद्ध

    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    • April 19, 2026
    • 23 views
    वीरगन्जमा बिहानैदेखि चल्यो डोजर

    अमेरिकाले छोड्यो सिरिया

    • April 19, 2026
    • 21 views
    अमेरिकाले छोड्यो सिरिया