बारामा अनधिकृत संरचना हटाउन विहिबारसम्मको अल्टिमेटम

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौडाले बाराका सडक सीमा भित्र रहेका अनधिकृत संरचना हटाउन अत्यन्त जरुरी सूचना जारी गरेको छ ।

डिभिजनले सूचना प्रकाशित गर्दै विभागको स्वीकृति बिना सार्वजनिक सडक तथा सडक सीमा भित्र निर्माण गरिएका घर टहरा बैशाख १० गते भित्र हटाउन निर्देशन दिएको हो । यसअघि पनि २०७३ पुस १८ र २०५० असार ९ लगायत विभिन्न मितिमा सूचना जारी गरिए पनि अटेर गरिएको कार्यालयले जनाएको छ ।

सूचनामा महेन्द्र राजमार्गअन्तर्गत पथलैया–चुरियामाई खण्डको ३ नम्बर पुल र चुरियामाई मन्दिर आसपास बाराको क्षेत्रमा सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रभित्र रहेका संरचना अझै हटाइएको नपाइएको उल्लेख छ ।

डिभिजनले सम्बन्धित सबैलाई तोकिएको समयभित्र ती संरचना हटाउन पुनः आग्रह गरेको छ । आदेश कार्यान्वयन नगरे सार्वजनिक सडक ऐन, २०३१ तथा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 30 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 25 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 27 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 27 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 29 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 28 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन