किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

काठमाडौँ । उत्तर कोरियाका सर्वोच्च नेता किम जोंग उनकी छोरी किम जु ए पछिल्ला दिनहरूमा पश्चिमी शैलीका महँगा पहिरनका कारण चर्चामा आएकी छन् ।

उत्तर कोरियामा यस्ता पहिरनलाई ‘विद्रोह’को प्रतीक र ‘समाजवाद विरोधी’ मान्दै प्रतिबन्ध लगाइएको छ । तर किम जु ए भने बारम्बार छालाको ज्याकेट, महँगा कोट र आधुनिक शैलीका कपडामा सार्वजनिक रूपमा देखिन थालेपछि उनलाई भावी उत्तराधिकारीका रूपमा तयार पारिएको चर्चा बढेको छ ।

सन् २०१३ मा जन्मिएकी जु ए पहिलो पटक नोभेम्बर २०२२ मा सार्वजनिक रूपमा देखिएकी थिइन् । त्यतिबेला उनी आफ्ना पिता किम जोंग उनसँग अन्तरमहादेशीय क्षेप्यास्त्र अगाडि हिँडिरहेको अवस्थामा देखिएकी थिइन् । लामो कपाल, कालो पाइन्ट र सेतो बाक्लो ज्याकेटमा उनी निकै प्रभावशाली देखिएकी थिइन् । त्यसपछि उनको पहिरन र कपालको शैली झन् पश्चिमी बन्दै गएको बताइएको छ ।

उत्तर कोरियाले सन् २०२० मा ‘प्रतिक्रियावादी विचारधारा तथा संस्कृति अस्वीकृति ऐन’ लागू गर्दै बाहिरी संस्कृतिमाथि कडा रोक लगाएको थियो ।

तर सन् २०२३ मा सार्वजनिक गरिएको एक दृश्यमा जु ए फेरि आफ्ना पितासँग क्षेप्यास्त्र अगाडि देखिएकी थिइन् । यसपटक उनले कालो बाक्लो ज्याकेट लगाएकी थिइन्, जसलाई फ्रान्सको एक चर्चित विलासी फेसन कम्पनीको पोसाक मानिएको थियो । यसको मूल्य करिब १९०० डलर रहेको बताइएको थियो ।

अर्को वर्ष राजधानी प्योङयाङको एक नयाँ आवासीय क्षेत्र उद्घाटन कार्यक्रममा उनले लगाएको पहिरनबारे समेत आलोचना भएको थियो । एक भिडियो सन्देशमा त्यसलाई समाजवाद विरोधी भन्दै यस्ता शैलीले शासनलाई भित्रैबाट कमजोर बनाउने भनिएको थियो । तर अहिले केही युवाहरू किम जु एको पहिरन र शैलीको नक्कल गर्न चाहिरहेको बताइन्छ ।

विशेषज्ञहरूका अनुसार समयसँगै पुस्तागत परिवर्तनले उत्तर कोरियाको समाजमा असर पारिरहेको छ । विदेशमा काम गर्न जाने मजदुरहरूको संख्या बढेसँगै बाहिरी संस्कृतिको प्रभाव पनि भित्रिएको छ ।

कोरिया राष्ट्रिय एकीकरण अध्ययन संस्थानकी शोध प्रमुख जंग युन लीका अनुसार महामारीका बेला चीनमा रहेका धेरै उत्तर कोरियाली मजदुर फर्किंदा स्थानीय संस्कृति पनि सँगै लिएर आएका थिए ।

उनले पहिले विलासी सामान मुख्यतः जापानी ब्रान्डसम्म सीमित रहे पनि अहिले धेरै उत्तर कोरियालीले विभिन्न विदेशी ब्रान्डबारे जानकारी राख्न थालेको बताइन् ।

विशेषज्ञहरूका अनुसार जु ए आफ्नी आमा री सोल जूको शैलीबाट पनि प्रभावित देखिन्छिन् । उनलाई उमेरभन्दा परिपक्व र विशेष देखाउन सूट तथा आकर्षक पहिरन लगाइने गरिएको बताइन्छ ।

उत्तर कोरियाली अध्ययनका प्राध्यापक ली वू यङका अनुसार जिन्सजस्ता पश्चिमी फेसनमाथि प्रतिबन्ध भए पनि किम जोंग उन स्वयं त्यस्ता पहिरनमा देखिएका छन् । किमका लागि त्यहाँ धेरै कुरा असम्भव नहुने उनको भनाइ छ ।

विशेषज्ञ चोंग सोंग चांगका अनुसार जु एले बारम्बार छालाको ज्याकेट लगाउनु पनि उनलाई सर्वसाधारणभन्दा फरक र विशेष देखाउने रणनीतिको हिस्सा हो । राम्रो गुणस्तरको छालाको पहिरन उत्तर कोरियामा विशेष दर्जाको संकेत मानिन्छ । उनले किम परिवारले पहिरनमार्फत आफ्नो अलग सामाजिक हैसियत देखाउने प्रयास गरिरहेको बताए । यसअघि किम जोंग उनले पनि आफ्ना हजुरबा किम इल सुंगजस्तै टोपी र कोट प्रयोग गरेर आफ्नो छवि बलियो बनाउने प्रयास गरेका थिए । विशेषज्ञहरूका अनुसार उत्तर कोरियामा किम इल सुंगलाई देवताजस्तै मानिन्छ, त्यसैले उनको परिवारलाई पनि विशेष स्थान दिइन्छ ।

किम जु एलाई अहिले नै उत्तर कोरियामा ‘राजकुमारी’ भनेर चिनिन थालिएको छ, जसलाई वंशीय उत्तराधिकारको संकेतका रूपमा हेरिएको छ ।

  • Related Posts

    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरानका विषयमा युद्ध सम्बन्धी छलफल भएको बताएका छन् । ट्रम्पले पुटिन इरानमा जारी द्वन्द्व अन्त्य गराउन सहयोग गर्न…

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    काठमाडौँ । अष्ट्रेलिया सरकारले मेटा, गुगल र टिकटकजस्ता ठूला डिजिटल कम्पनीमाथि कर लगाउने प्रस्ताव अघि सारेको छ । पत्रकार र समाचार संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित यस्तो व्यवस्था ल्याउन…

    पहिलो

    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    • April 30, 2026
    • 15 views
    विश्वका ५८ प्रतिशत देशका विद्यालयमा मोवाइल फोन प्रतिबन्ध

    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    • April 30, 2026
    • 16 views
    ट्रम्प र पुटिनबीच इरान र युक्रेनको विषयमा छलफल

    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    • April 30, 2026
    • 15 views
    बालेनको राजीनामा मागिरहेका:हर्क साम्पाङ

    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    • April 30, 2026
    • 10 views
    किमले आफ्नी छोरीलाई उत्तराधिकारीको रुपमा तयार गर्दै

    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    • April 30, 2026
    • 12 views
    पत्रकार र समाचार संस्थालाई सहयोग गर्न अस्ट्रेलियाले मेटा, गुगल र टिकटकलाई कर लगाउने

    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै

    • April 30, 2026
    • 10 views
    अध्यादेशका विषयमा संबिधानविदहरुसँग छलफल गर्दै