ट्रम्प र सी जिनपीङबीच भेटवार्ता जारी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपीङबीच  बेइजिङस्थित ‘ग्रेट हल अफ द पिपुल’मा भेटवार्ता जारी रहेको छ । ट्रम्प बैठकस्थल पुगिसकेका छन् भने दुवै नेताले हात मिलाएर औपचारिक भेट गरेका छन् ।

ट्रम्पको स्वागतका लागि राष्ट्रपति सी ‘ग्रेट हल अफ द पिपुल’को सिँढीबाट तल झरेका थिए । रेड कार्पेटमा दुवै नेताबीच भेट हुँदा चिनियाँ सैन्य टोली पनि त्यहाँ तैनाथ देखिएको थियो ।

‘ग्रेट हल अफ द पिपुल’ तियानआनमेन चोकको पश्चिम भागमा रहेको सरकारी भवन हो । उक्त भवन विदेशी नेताको स्वागत तथा अन्य सरकारी कार्यक्रमका लागि प्रयोग गरिन्छ ।

ट्रम्पको बिहीबारको पहिलो औपचारिक कार्यक्रम राष्ट्रपति सीसँगको स्वागत समारोह रहेको छ । त्यसपछि दुवै नेताबीच द्विपक्षीय वार्ता हुनेछ भने साँझ राजकीय भोजको आयोजना गरिएको छ ।

ट्रम्पको प्रतिनिधिमण्डलमा विद्युतीय सवारी कम्पनी टेस्लाका प्रमुख एलन मस्क र प्रविधि कम्पनी एनभिडियाका प्रमुख जेन्सन ह्वाङसहित विभिन्न प्रविधि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहभागी छन् ।

राष्ट्रपति ट्रम्पको  बेइजिङमा भव्य स्वागत गरिएको छ, स्वागतमा ब्रास ब्याण्डको धुन बजाइएको थियो भने झण्डा फहराउँदै सर्वसाधारणले स्वागत गरेका थिए । त्यहाँ उपस्थित मानिसहरूले ‘वेलकम, वेलकम, अ वार्म वेलकम’ भन्दै नारा लगाएका थिए ।

अमेरिका र चीनका झण्डा पनि सँगै राखिएको थियो । दुई दिने महत्वपूर्ण बैठकअघि यसलाई दुवै देशबीच एकताको संकेतका रूपमा हेरिएको छ ।

ट्रम्प र उनको प्रतिनिधिमण्डलको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको थियो । उपराष्ट्रपति हान झेङ एयर फोर्स वन अवतरण गरेपछि रनवेमा नै ट्रम्पको स्वागत गर्न पुगेका थिए । हान झेङ चीनका शीर्ष नेतामध्ये एक मानिन्छन् । उनको उपस्थितिलाई बेइजिङले ट्रम्पलाई दिएको विशेष सम्मानका रूपमा व्याख्या गरिएको छ ।

यसअघि सन् २०१७ मा ट्रम्पको चीन भ्रमणका क्रममा तुलनात्मक रूपमा तल्लो तहका नेता तथा राज्य परिषद्का सदस्य याङ चिएछीलाई स्वागतका लागि पठाइएको थियो । हान झेङ भने गत वर्ष ट्रम्पको शपथग्रहण समारोहमा पनि सहभागी भएका थिए ।

  • Related Posts

    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपीङसँग भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा चिनफिङले ट्रम्पलाई स्वागत गरेका थिए । त्यस…

    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    काठमाडौँ । भारतको उत्तर प्रदेशमा आएको शक्तिशाली आँधी, वर्षा र असिनापानीका कारण ठूलो जनधनको क्षति भएको छ । राज्य विपद् व्यवस्थापन तथा राहत कार्यालयका अनुसार खराब मौसमका कारण ८९ जनाको…

    पहिलो

    रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

    • May 14, 2026
    • 27 views
    रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    • May 14, 2026
    • 25 views
    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    • May 14, 2026
    • 24 views
    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    • May 14, 2026
    • 8 views
    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    • May 14, 2026
    • 25 views
    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

    • May 14, 2026
    • 26 views