बैंगलुरु शिर्ष स्थानमा

काठमाडौँ  । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले कोलकोतालाई ६ विकेटले पराजित गरेको हो ।

कोलकोताले दिएको १९३ रनको लक्ष्य पछाएको बैंगलुरुले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

बैंगलुरुको जितमा विराट कोहलीले शतकीय पारी खेलेका थिए । विराटले ६० बल खेल्दै अविजित १०५ रन बनाएका थिए । यो खेल खेलेपछि उनी सबैभन्दा बढी २७९ आइपिएल खेल खेल्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै बैंगलुरुका लागि देवदत्त पाडिकलले ३९ रन बनाएका थिए ।

त्यसैगरी कोलकोताका बलर कार्तिक त्यागिले ३ विकेट लिए भने सुनिल नारनले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो । कोलकोताका लागि अंगकृश रघुबंशीले सर्बाधिक ७१ रन बनाएका थिए भने रिंकु सिंहले अविजित ४९ रन बनाएका थिए । त्यस्तै क्यामरुन ग्रीनले ३२, कप्तान आजिख्य रहानेले १९ र फिन एलेनले १८ रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु १२ खेलमा १६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोताको भने ११ खेलमा ९ अंक रहेको छ र आठौँ स्थानमा रहेको छ । यो हारले कोलकोताको प्लेअफको सम्भावना कठिन भएको छ ।

  • Related Posts

    मेसीको ह्याट्रिकमा

    काठमाडौँ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकर अन्तर्गतको खेलमा एफसी सिन्सिनाटीलाई पराजित गरेको छ । विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले सिन्सिनाटीलाई ५-३ गोल अन्तरले पराजित गरेको हो ।…

    आर्सनलमाथि दबाब बढ्यो

    काठमाडौँ ।  इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई पराजति गरेको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले प्यालेसलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा एन्टोनी…

    पहिलो

    रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

    • May 14, 2026
    • 27 views
    रास्वपा सांसदले बोलेका यी शब्द संसदको रेकर्डबाट हटाइयो

    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    • May 14, 2026
    • 25 views
    ट्रम्प र सी जिनपीङको भेटमा के के भयो ?

    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    • May 14, 2026
    • 24 views
    विद्युत् नियमन आयोगमा नियुक्ति प्रक्रिया अगाडी बढ्यो

    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    • May 14, 2026
    • 8 views
    अधिकारीले गरे शपथ तथा पदभार ग्रहण

    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    • May 14, 2026
    • 25 views
    भारतमा आँधी र वर्षाबाट ८९ जनाको मृत्यु

    शर्त रिहाई गर्न ११३ नोबेल पुरस्कार विजेताको माग

    • May 14, 2026
    • 26 views