रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत रियल बेटिसलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने जोआओ कान्सेलोले एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि एक गोल इस्कोले गरेका थिए ।

ला लिगा जितिसकेको बार्सिलोनाको यो जितपछि ३७ खेलमा ९४ अंक भएको छ । अब बार्सिलोनाले यस सिजनको अन्तिम खेल भलेन्सियासँग मे २४ मा खेल्ने तालिका रहेको छ । त्यस्तै रियल बेटिसको ३७ खेलमा ५७ अंक रहेको छ र पाँचौं स्थानमा रहेको छ । रियल बेटिस यो हारपछि पनि च्याम्पियन्स लिगमा छनौट भएको छ ।

त्यस्तै बार्सिलोनाका फरवार्ड रोबेर्ट लेवानडोस्कीले बार्सिलोनाको घरेलु मैदान क्याम्पनेउमा आफ्नो अन्तिम खेल खेलेका छन् । यस सिजनको अन्त्यसँगै क्लब छोड्ने घोषणा गरेका लेवानडोस्कीलाई खेलाडी र दर्शकले भावुक विदाइ गरेका थिए ।

  • Related Posts

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने…

    राजस्थानमाथि दिल्ली ५ विकेटले विजयी

    काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १९४ रनको लक्ष्य पछाएको दिल्लीले…

    पहिलो

    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    • May 18, 2026
    • 24 views
    कांग्रेसले आज र भोली बागमती प्रदेशस्तरीय भेला गर्दै

    स्कटल्याण्डले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

    • May 18, 2026
    • 22 views

    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    • May 18, 2026
    • 27 views
    रियल बेटिसमाथि बार्सिलोनाको सहज जित

    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    • May 18, 2026
    • 22 views
    राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    अमेरिकामा हवाई दुई लडाकु विमान आपसमा ठोक्किए

    • May 18, 2026
    • 25 views
    अमेरिकामा हवाई   दुई लडाकु विमान आपसमा ठोक्किए

    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल

    • May 18, 2026
    • 26 views
    कान्स फिल्म फेस्टिभलमा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल