काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज नेपाल र स्कटल्याण्ड आमने सामने हुदैछन् । टियु क्रिकेट मैदानमा हुने यस खेलमा स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो ।

जारी लिग- २ अंक तालिकामा नेपालले अहिलेसम्म २६ खेल खेलेर ९ जित र १५ हार बेहोरेको छ भने २ खेलमा अंक बाड्दा २० अंक हासिल गरेको छ । नेपाल हाल सातौं स्थानमा रहेको छ । त्यस्तै स्कटल्याण्ड भने अहिलेसम्म ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
आजको खेलमा नेपालले आफ्नो टिममा कुनै परिवर्तन गरेको छैन । यस खेलमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), कुशल भुर्तेल, आसिफ सेख, आरिफ सेख, ईशान पाण्डे, गुलशन झा, सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र सोमपाल कामी खेलिरहेका छन् ।
यस सिरिज अन्तर्गत अब अर्को खेल मे २० मा स्कटल्याण्ड र अमेरिका तथा मे २२ मा नेपाल र अमेरिका खेल्ने तालिका रहेको छ ।








