पार्टी बनाउदै धवलशमशेर

काठमाडौँ । नयाँ पार्टी बनाउने तयारीमा रहेका राप्रपा महामन्त्री डा. धवलशमशेर राणाले जेनजी एलायन्स फर मोनार्कसँग छलफल गरेका छन् ।

राणाले बुधबार बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न जेनजी एलायन्ससँग छलफल गरेको जानकारी दिएका हुन् ।

राणाले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समयमा पार्टीको महाधिवेशन नगरेको र विधान अनुसार हिजो (जेठ १९) गतेदेखि पार्टीले विधानिकता गुमाएको दाबि गरेका छन् । उनले भनेका छन्- ‘सुझाव समितिले गत निर्वाचनलाई मध्यनजर गरि निर्वाचन ढिला भएमा मंसिरमा र छिटो भएमा यही जेष्ठ महिनाभित्र महधिवेशन सम्पन्न गर्न सुझाव दिएको थियो । उक्त सुझाव कार्यसम्पादन एवं केन्द्रीय कार्यसमितिले पारित गर्दै केन्द्रीय कार्यसमितिको समयावधि ६ महिना थप गरेको थियो । केन्द्रीय कार्यसमितिले थप गरेको उक्त अतिरिक्त ६ महिनाको अवधि पनि हिजो जेठ १९ गते समाप्त भएको छ, पार्टीले वैधानिकता गुमाएको छ ।’

उनले आफुले पटक–पटक भएका औपचारिक तथा अनौपचारिक बैठकमा दिएका सुझाव र सल्लाहलाई बेवास्ता गरिएको, वैधानिक निर्णय कार्यान्वयन नभएको र पुरानै प्रवृत्ति दोहोरिएको आरोप लगाएका छन् । पार्टी नेतृत्वको शैली आत्मकेन्द्रित र गैरजिम्मेवार भएको भन्दै राणाले पछिल्लो चुनावमा पार्टीको संगठनात्मक अवस्था कमजोर भएको, वैचारिक आधार प्रभावित भएको र जनसमर्थन घटेको दाबी गरेका छन् ।

उनले पार्टीभित्र विश्वासको संकट गहिरिँदा लक्ष्य हासिल गर्ने बाटो कमजोर हुने भन्दै सबै राष्ट्रवादी शक्ति, समूह र अभियानलाई एकताबद्ध भएर नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्न आग्रह गरेका छन् ।

  • Related Posts

    आजको मौसम पूर्वानुमान ?

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालको पश्चिम भू-भाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्युन चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल गण्डकी…

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    बनेपा । सशस्त्र प्रहरी बलका असई र एक युवती काभ्रेको पाँचखालस्थित सामुदायिक वनमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार सशस्त्र प्रहरी बल १५ नम्बर…

    पहिलो

    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    • June 4, 2026
    • 26 views
    कान्तिपुर सहकारीका १०० ऋणीको नाम सार्वजनिक

    आजको मौसम पूर्वानुमान ?

    • June 4, 2026
    • 23 views
    आजको मौसम पूर्वानुमान ?

    पार्टी बनाउदै धवलशमशेर

    • June 4, 2026
    • 23 views
    पार्टी बनाउदै धवलशमशेर

    मृत्यु भएको चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    • June 4, 2026
    • 25 views
    मृत्यु भएको  चार महिनापछि आयातुल्ला खामेनीको अन्त्यष्टि

    सशस्त्रका असई र एक युवती वनमा मृत फेला

    • June 3, 2026
    • 27 views
    सशस्त्रका असई र एक युवती  वनमा मृत फेला

    आजको राशिफल

    • June 3, 2026
    • 26 views
    आजको राशिफल