गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

दीपेन्द्र प्रजापति कालो झोला ।

वीरगन्ज, २६ असार । वीरगन्जबासीको आस्थाको केन्द्र एवं ऐतिहासिक धार्मिक धरोहर श्री गहवामाई मन्दिरको ‘माई विशाल रथ यात्रा’ लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि स्थानीय प्रशासन, सरोकारवाला निकाय र सुरक्षा अंगहरूले तयारी तीव्र पारेका छन् ।

आगामी २०८३ साल असार ३२ गते आयोजना हुन गइरहेको यस ऐतिहासिक रथ यात्राको व्यवस्थापन चुस्त बनाउने उद्देश्यले वीरगन्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमको अध्यक्षतामा महानगरको सभाहलमा एक विशेष उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।

महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय सरोकारवालाहरूको उपस्थितिमा बसेको उक्त बैठकले रथ यात्राको रुट, जनसहभागिताको चाप तथा धार्मिक संवेदनशीलतालाई मध्यनजर गर्दै विभिन्न ६ वटा महत्त्वपूर्ण क्षेत्रको पहिचान गरी निकायगत जिम्मेवारी बाँडफाँड गर्ने ऐतिहासिक निर्णय गरेको छ ।

कार्ययोजना अनुसार रथ यात्रा व्यवस्थापनका लागि निम्नानुसारको विशिष्ट जिम्मेवारी तय गरिएको छ । जसमा समग्र सुरक्षा र शान्ति व्यवस्थापनलाखौँको संख्यामा ओर्लिने श्रद्धालु भक्तजनहरूको सुरक्षा तथा रथ यात्रा मार्गमा शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र नगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिनेछ ।

यस सुरक्षा संयन्त्रको मुख्य आयोजकका रूपमा रथ यात्रा व्यवस्थापन समिति स्वयं रहनेछ भने सुरक्षा निकायले विशेष सुरक्षा घेरा र ट्राफिक व्यवस्थापन चुस्त राख्नेछन् ।

दोस्रो फोहोरमैला तथा स्वच्छता व्यवस्थापन रथ यात्रा अवधिभर र त्यसपछि पनि यात्रा मार्गलाई स्वच्छ र सफा राख्न वीरगन्ज महानगरपालिकाले आफ्नो स्रोत-साधन पूर्ण रूपमा परिचालन गर्ने छ । यस कार्यमा निजी क्षेत्र, आयोजक समिति र विभिन्न स्थानीय सामाजिक संघसंस्थाहरूले फोहोरमैला संकलन र विसर्जनमा सहकार्य गर्ने निर्णय भएको छ ।

तेस्रो असारको गर्मीलाई मध्यनजर गर्दै रथ यात्रामा सहभागी हुने हजारौँ भक्तजनहरूको सुविधाका लागि खानेपानी संस्थान, निजी क्षेत्र तथा विभिन्न सरोकारवाला संस्थाहरूको समन्वयमा यात्रा मार्गका विभिन्न स्थानहरूमा शुद्ध खानेपानी वितरणको प्रबन्ध मिलाइने भएको छ ।

चौथो निर्बाध विद्युत सेवा, रथ यात्राको समयमा हुनसक्ने विद्युत सर्ट वा अवरोधलाई रोक्न तथा यात्रा मार्गमा बत्तीको उचित व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरण लाई विशेष जिम्मेवारी तोकिएको छ । प्राधिकरणले उक्त दिन रथ यात्रा रुटका वितरण प्रणालीको विशेष मर्मतसम्भार र निगरानी गर्नेछ ।

यसै गरी पाँचौ मा दूरसञ्चार तथा नेटवर्क व्यवस्थापन, भीडभाडका कारण सञ्चार सम्पर्क विच्छेद हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै नेपाल टेलिकम लगायतका दूरसञ्चार सेवा प्रदायकहरूलाई मोबाइल नेटवर्क तथा सञ्चार व्यवस्थापन सुदृढ बनाउन निर्देशन दिइएको छ ।

छैठौं मा पवित्रता तथा स्वच्छता अनुगमन, धार्मिक मर्यादा र सांस्कृतिक संवेदनशीलतालाई कायम राख्न रथ यात्राको सम्पूर्ण क्षेत्रको आन्तरिक पवित्रता र स्वच्छताको प्रत्यक्ष रेखदेख तथा अनुगमन गर्ने जिम्मेवारी आयोजक समितिले आफैंले सम्हाल्ने निर्णय गरेको छ ।

यसै गरी महानगरको सभाहलमा आयोजित बैठकलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गहवामाई रथ यात्रा वीरगन्जको मात्र नभई सिंगो मधेश प्रदेशकै गौरव र साझा सांस्कृतिक उत्सव भएकाले यसलाई ऐतिहासिक रूपमा सफल पार्न महानगरपालिकाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले तोकिएको जिम्मेवारी पूर्ण उत्तरदायित्वका साथ समयमै निर्वाह गरिदिन सम्बन्धित सम्पूर्ण सरकारी एवं गैरसरकारी निकायहरूलाई निर्देशनसमेत दिनुभएको छ । आयोजक समितिले पनि यस धार्मिक महोत्सवलाई मर्यादित बनाउन र सफल पार्न सिंगो वीरगन्जबासी, उद्योगी, व्यवसायी र सञ्चारकर्मीहरूमा हार्दिक अपिल गरेको छ ।

  • Bishnu Timalsina

    Related Posts

    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, २६ असार । वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी पाएलगत्तै महानगरको प्रशासनिक सुधार र सेवाप्रवाहलाई चुस्त बनाउन तीव्र सक्रियता देखाउनुभएको छ। सेवाग्राहीको गुनासोलाई…

    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, २६ असार । वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तारका कारण मुख्य सडकका नालाहरू जाम हुँदा शुक्रबार राति परेको वर्षाले सहरका विभिन्न चोकहरू जलमग्न भएका छन् ।…

    पहिलो

    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    • July 10, 2026
    • 89 views
    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    • July 10, 2026
    • 66 views
    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    • July 10, 2026
    • 64 views
    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    • July 9, 2026
    • 77 views
    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    • July 9, 2026
    • 86 views
    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 80 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-