कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

दीपेन्द्र प्रजापति/कालो झोला ।

वीरगन्ज, २६ असार । वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले जिम्मेवारी पाएलगत्तै महानगरको प्रशासनिक सुधार र सेवाप्रवाहलाई चुस्त बनाउन तीव्र सक्रियता देखाउनुभएको छ।

सेवाग्राहीको गुनासोलाई तत्कालै सम्बोधन गर्ने र कार्यालयभित्रको ढिलासुस्ती अन्त्य गर्ने दृढ संकल्पका साथ कार्यवाहक प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले शुक्रबार संयुक्त रूपमा महानगरका विभिन्न फाँटहरूको आकस्मिक (छड्के) अनुगमन गर्नुभएको हो ।

नेतृत्व तह आफैं अग्रसर भएर कार्यालय समयको सुरुवातमै फाँट–फाँटमा पुगेपछि महानगरका कर्मचारी वृत्तमा तरङ्ग पैदा भएको छ भने वीरगन्जबासीले यो कदमको उच्च प्रशंसा गरेका छन् ।

शुक्रबार बिहान ठीक १०:३० बजे कार्यवाहक नगर प्रमुख आलम र प्रमुख प्रशासकीय अधिकृत बोहराले महानगरका सम्पूर्ण शाखाहरूमा पुगेर कर्मचारीहरूको उपस्थितिको अवस्था नियाल्नु भएको थियो । सो आकस्मिक अनुगमनका क्रममा विभिन्न शाखा र फाँटहरूमा कार्यरत करिब २० जना कर्मचारीहरू आफ्नो कार्यकक्षमा अनुपस्थित भेटिएका थिए ।

अनुगमनपछि प्रतिक्रिया दिँदै महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहराले प्रशासनिक अनुशासनमा कुनै पनि सम्झौता नहुने स्पष्ट पार्नु भयो । उहाँले भन्नु भयो, “अनुगमनका क्रममा कार्यकक्षमा नदेखिएका कर्मचारीहरू मध्ये कतिपय बिदामा रहेको, कतिपय फिल्डमा गएको र केही ढिला आएको पाइएको छ ।

हामी उनीहरूले बुझाउने विवरणको विस्तृत प्रमाणीकरण (भेरिफिकेसन) गर्छौँ । यदि कसैको लापरबाही वा गल्ती भेटिएमा नियमानुसार कडा कारबाही प्रक्रिया अगाडि बढाउनेछौँ ।” कार्यालय प्रमुख आफैं उपस्थित भई यसरी नियमन गर्नुले महानगरको सुशासनप्रतिको प्रतिबद्धता स्पष्ट झल्किन्छ ।

कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले यो छड्के अनुगमन केवल कारबाहीका लागि मात्र नभई सेवाग्राहीको मर्का बुझ्न र कर्मचारीहरूको कार्यवातावरण सुधार्न गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, “महानगरमा आउने विभिन्न सेवाग्राहीहरूले गर्नुभएको गुनासोलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ ।

त्यसका साथै, पछिलो जेन्जी (Gen-Z) आन्दोलन पश्चात् परिवर्तन भएको परिवेशमा महानगरले दिँदै आएको सेवा प्रवाह र कार्यालय व्यवस्थापनमा कर्मचारीहरूलाई के–कस्ता व्यवहारिक अप्ठ्याराहरू परिरहेका छन्, सो समेत प्रत्यक्ष बुझन हामीले यो अनुगमन गरेका हौँ ।

“कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै आलमले देखाउनुभएको यो तत्परता र प्रमुख प्रशासकीय अधिकृत बोहराको प्रशासनिक कडापनले वीरगन्ज महानगरपालिका जनउत्तरदायी बन्दै गएको बलियो सन्देश दिएको छ ।

नेतृत्वको यस्तो प्रशंसनीय कदमले आगामी दिनमा महानगरको सेवा प्रवाह थप पारदर्शी, छिटो–छरितो र मर्यादित बन्ने विश्वास सर्वसाधारणले लिएका छन् ।

  • Bishnu Timalsina

    Related Posts

    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    दीपेन्द्र प्रजापति कालो झोला । वीरगन्ज, २६ असार । वीरगन्जबासीको आस्थाको केन्द्र एवं ऐतिहासिक धार्मिक धरोहर श्री गहवामाई मन्दिरको ‘माई विशाल रथ यात्रा’ लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न…

    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगन्ज, २६ असार । वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तारका कारण मुख्य सडकका नालाहरू जाम हुँदा शुक्रबार राति परेको वर्षाले सहरका विभिन्न चोकहरू जलमग्न भएका छन् ।…

    पहिलो

    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    • July 10, 2026
    • 90 views
    कार्यवाहक प्रमुखको जिम्मेवारी पाए लगत्तै आलमको सक्रियता, प्रमुख प्रशासकीय अधिकृत बोहरा सहित महानगरमा छड्के-

    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    • July 10, 2026
    • 66 views
    गहवामाई रथ यात्रा व्यवस्थापनका लागि वीरगन्ज महानगरको सक्रियता, सुरक्षा र पूर्वाधार चुस्त पारिँदै-

    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    • July 10, 2026
    • 64 views
    सडक विस्तारको भग्नावशेषले नाला जाम हुँदा वीरगन्जका विभिन्न चोक जलमग्न, निकासका लागि ‘एक्सन टिम’ परिचालन-

    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    • July 9, 2026
    • 77 views
    वीरगञ्जमा आन्दोलित कर्मचारी र कार्यवाहक प्रमुख आलम बीच सहमति, महानगरको सेवा सुचारु-

    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    • July 9, 2026
    • 86 views
    वीरगञ्जका साप्ताहिक पत्रिकाले पनि लोककल्याणकारी सूचना पाउने, विभेदपूर्ण निर्णय सच्याइयो-

    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-

    • July 8, 2026
    • 80 views
    वीरगन्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’को कमान्ड सरसफाइ प्रमुख मियाँलाई-