इलाममा हट्दै छ आकाशेपानीमाथिको परनिर्भरता

फिक्कल (इलाम), ७ असार : वर्षौँदेखि आकासेपानीको भरमा खेती गर्दै आएका इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका निरकुमार फागो यतिबेला सुखी हुनुहुन्छ । उहाँ मात्रै होइन यहाँका सयौंँ किसान वर्षौदेखि आकासेपानी पर्खनुपर्ने बाध्यताबाट मुक्त भएसँगै खुसी भएका छन् ।

जमुनामा कोशी प्रदेश सरकार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामले रु २० लाखको लागतमा धुवाखोला सिँचाइ आयोजना निर्माण गरेपछि उहाँहरु खुसी हुनुभएको हो । “आयोजना सम्पन्न भई खेतमा पर्याप्त पानी आउन थालेको छ । पक्की नहरको माध्यमबाट किसानका हाम्रा खेतमा सिँचाइ पुगेपछि वर्षौँंदेखि बाँझिएका खाली जमिनमा पनि खेती गर्ने जाँगर आएको छ”, फागोले भन्नुभयो,“सिँचाइ सुविधा विस्तारपछि मौसमअनुसारका अन्नबाली तथा तरकारीबाली उत्पादन गर्न थालेका छौँ ।”

स्थानीय धुवाखोलाको पानी व्यवस्थापन गरी खेतसम्म पु¥याएपछि यतिबेला त्यहाँका किसानको दैनिकीसमेत फेरिएको आयोजना उपभोक्ता समितिका उपाध्यक्षसमेत रहनुभएका किसान फागोले बताउनुभयो । “पहिले पहिले धान रोप्नका लागि आकासेपानी पर्खनुपर्ने बाध्यता थियो, समयमा पानी नपर्दा खेत बाँझै राख्नुपर्ने बाध्यता पनि थियो सिँचाइ आयोजना सम्पन्न भएपछि यसपटक समयमै रोपाइ गरेका छौँ” फागोले भन्नुभयो ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन इलामका प्रमुख रामनारायण श्रेष्ठले आयोजनाबाट यस क्षेत्रको ७५ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेको र छ सय ३१ किसान प्रत्यक्ष लाभान्वित भएका बताउनुभयो ।

जमुनामा मात्रै होइन यहाँको फाकफोकथुम गाउँपालिका–३ आमचोकका किसान पनि यस वर्षदेखि उत्तिकै खुसी भएका छन् । यहाँ पनि कोशी प्रदेश सरकारको रु २० लाखको लागतमा निर्माण भएको सिम्ले कुलो सिँचाइ आयोजनाले किसानलाई राहत मिलेको छ । यस आयोजनाबाट ८० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ भने चार सय ५० किसान परिवार प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त सिँचाइ आयोजना उपभोक्ता समितिका सचिवसमेत रहनुएका किसान टेक भारतीले पानी सुविधापछि खेत बाँझै राख्ने समस्या समाधान भएको बताउनुभयो । “विगतका वर्षमा आकासेपानीको पर्खाइमा त असार–साउन नै बित्ने गर्दथ्यो, सिँचाइ सुविधा विस्तारपछि यस वर्ष भने समयमै रोपाइ गरेका छौँ”, भारतीले भन्नुभयो, “हामी चार सय ५० किसान परिवार निकै हर्षित छौँ, उत्पादनसमेत बढ्नेमा आशावादी छौँ ।”

जमुना र आमचोक प्रतिनिधि उदाहरण मात्र हुन् । इलाममा कोशी प्रदेश सरकारले सिँचाइ सुविधाका लागि चालु आर्थिक वर्षमा मात्रै रु चार करोड ८० लाख ७० हजार लगानी गरेको छ । त्यसबाट ठूलासाना, नयाँ निर्माण र पुराना मर्मतसम्भार गरी ३५ आयोजनाका लागि उक्त रकम खर्च गरिएको हो । तीमध्ये २३ आयोजना सम्पन्न भइसकेका छन् भने आठ आयोजना अन्तिम चरणमा रहेका सिँचाइ विकास डिभिजन इलामका प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सम्पन्न भएकामध्ये नयाँ बहुवर्षे सिँचाइ आयोजना चारवटा र मर्मतबाट सम्पन्न भएका सिँचाइ आयोजना १९ रहेका छन् । चारवटा आयोजना भने सुरु हुन नसकेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । “यस वर्ष इलाममा कोशी प्रदेश सरकारबाट ३५ सिँचाइ आयोजनाका लागि बजेट विनियोजन गरेको थियो, सबै आयोजना सम्पन्न भएमा जिल्लामा दुई हजार चार सय दुई हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार हुनेछ”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार आयोजनाबाट जिल्लाका १३ हजार चार सय ६९ जना किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।

यहाँको रोङ गाउँपालिकामा पनि रु २० लाखको लागतमा बिरिङ कटहरे सिँचाइ आयोजना सम्पन्न भएको छ भने रु ३५ लाखको लागतमा निर्माण भइरहेको सुकेनिन्दा सिँचाइ आयोजना अन्तिम चरणमा छ । माइजोगमाई गाउँपालिकामा रु २० लाख ७० हजारको लागतमा खड्के खोला सिँचाइ आयोजना र रु १८ लाखको लागतमा ढाडे खोला सिँचाइ आयोजना निर्माणकार्य अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ ।

  • Related Posts

    पाँचथरमा बाढी र पहिरो: पुल र सर्वसाधारणका घरमा क्षति

    विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठूलो क्षति पुर्‍याएको छ ।  दोभाने खोला, तमोर नदी तथा मध्यपहाडी राजमार्ग आसपासमा आएको बाढीले सडक,…

     ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 48 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 37 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 38 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 38 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 40 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 37 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन