समूह ‘ए’ मा रहेको र नेपाल र ओमानबीचको खेल बिहान ११ः४५ बजे अल अमरेतस्थित ओमान क्रिकेट एकेडेमी ग्राउण्डमा सुरु हुनेछ ।
ग्लोबल क्वालिफायर ए मा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । टिमलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल र ओमानसहित क्यानडा र फिलिपिन्स समूह ‘ए’ मा छन् ।
क्वालिफायर एबाट शीर्ष दुई टिम मात्र अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन् । त्यसैले दोस्रो पटक टी–२० विश्वकपमा छनोट हुने लक्ष्यसहित ओमान पुगेको नेपालका लागि हरेक खेल महत्वपूर्ण छ ।







