दीपेन्द्र प्रजापति/कालो झोला ।
बीरगंज, ०८ फागुन ।
हिजो बिहान ०५:०० बजे प्रहरी चौकी सिर्सियाबाट खटिएको चेकिङ टोलीले शंका लागी ना.१६ प ६५९५ नम्बरको रातो रंगको १०६ CC को यामाहा मोटरसाईकल र सो को चालक वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २० को ईरफान देवानलाई नियन्त्रणमा लिएकोमा निजलाई सोधपुछ तथा अनुसन्धान गर्दा उक्त मोटरसाइकल शनिबार राति ०९:३० वीरगञ्ज महानगरपालिका कै वडा नं.१९ बस्ने अनिल साहले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको अवस्थामा लक तोडी चोरी गरी भाग्दै गरेको खुल्न आएको हुँदा निजमाथि चोरी कसूरमा अनुसन्धान भैरहेको कुरा पर्सा प्रहरीले जनाएको छ ।







