बीरगंज, ०९ फागुण । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ नेपालको आर्थिक राजधानी, तराई मधेशको शान बीरगंज महानगर मा सोमबार एक बृहत कार्यक्रमको बीच सु–सम्पत्र भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२२ को अवसरमा भोजपुरी प्रतिष्ठान बीरगंज द्वारा आयोजित बहुभाषिक कबि सम्मेलन, पुस्तक बिमोचन तथा सम्मान कार्यक्रम का प्रमुख अतिथि बीरगंज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले आफु छुट्टै समुदायको भएतापनि भोजपुरी भाषको उत्थानको लागि सधैं लागि रहने बताएका छन् । साथै भोजपुरी प्रतिष्ठानको भवनको को लागि बीरगंज महानगरपालिकाले जग्गा उपलब्ध गराई भवन निर्माण्को लागि बजेट बिनियोजन समेत भई सकेको जानकारी गराउँदै उक्त भवनको अगाडी तर्फ पसलको लागि पनि कोठाको निर्माण गरिने छ, जस्ले गर्दा प्रतिष्ठानलाई चाहिने अर्थको लागि चन्दाको मुख ताक्नु नपरोस् साथै आगामी शैक्षिक सत्र देखि यहाँका बिद्यालयहरुमा भोजपुरी भाषाको पनि पठन पाठन गराईने कुराको जिकीर पनि गर्नु भएको छ । समारोहलाई सम्बोधन गर्दे प्रमुख अतिथि सरावगीले वीरगन्ज नेपालीय भोजपुरीको केन्द्र रहेकोले यहाँबाट भोजपुरीको उत्थानका लागि वीरगन्ज महानगरपालिकाले ऐनमार्फत भोजपुरी प्रतिष्ठान, वीरगन्जको स्थापना गरेको बताए। त्यस्तै बिशिष्ठ अतिथि बीरगंज महानगरपालिका कै उप–प्रमुख सुश्री शान्ति कार्कीले आफु जन्मेको ठाउँ बीरगंज, कर्म भूमी बीरगंज र मलाई माया गर्ने बीरगंज बासी बाट कहिले पनि अलग नरहेको भन्दै ९२ वर्षको उमेरमा पनि यहाँको जनताको मायाले उप–मेयर भएकी छु भत्रे मलाई भोजपुरी मेरो शान हो भत्र गर्व लाग्छ । तसर्थ भोजपुरी भाषा र साहित्यको उत्थानको लागि भोजपुरी प्रतिष्ठान, बीरगंजको लागि आफ्नो पनि सहयोग सधै नै रहने बताउनु भएको छ । उपप्रमुख कार्कीले मातृ भाषाको सम्मान भनेको समाजको सम्मान भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव पनि दिइन् । त्यस्तै नेपाल मा भोजपुरीको क्षेत्रमा स्थापीत पुरस्कारमध्ये ठूला ३ पुरस्कार वीरगन्जमा एक समारोहबीच पाँच जनालाई प्रदान गरिएको छ। अन्तर्राष्ट्रिय मातृभाषा दिवशको अवसरमा सोमबार वीरगन्जमा आयोजित ‘बहूभाषिक कवि गोष्ठी, पुस्तक बिमोचन एवम् सम्मान समारोह’मा पुरस्कार तथा सम्मान प्रदान गरिएको हो। भोजपुरी प्रतिष्ठान, वीरगन्जले आयोजना गरेको समारोहमा १ लाख रुपैया राशिको ‘पण्डित दीपनारायण मिश्रअन्र्तराष्ट्रिय भोजपुरी सम्मान–२०२१/०२२’ भारतको उत्तरप्रदेश देवरियाका भोपुरीका वरिष्ठ साहित्यकार रहेका प्राध्यापक डा. अरुणेश नीरनलाई प्रदान गरिएको छ। त्यसैगरी, ५१ हजार रुपैया राशिको पुरस्कार वीरगन्जका अग्रज साहित्यकार मुकुन्द आचार्यलाई प्रदान गरियो। अर्को ५१ हजार रुपैया राशिको ‘लोकरंग भोजपुरी पुरस्कार’ भोजपुरीका लोक रंगकर्मी सलिम मियाँ, लोक किर्तन गायक शम्भु पाण्डे र भोजपुरी रंगकर्मी राजदेव दास तत्वालाई संयुक्त रुपमा प्रदान गरियो। कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगरप्रमुख बिजयकुमार सरावगी, नगर उपप्रमुख शान्ति कार्की, प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदी लगायतकाले सम्मानित व्यक्तित्वहरुलाई दोसल्लासमेत ओढाएर सम्मान जनाउदै नगद राशि तथा ताम्रपत्र प्रदान गरेका थिए। देश वा बिदेशका भोजपुरीमा योगदान पुर्याउने व्यक्तिलाई प्रदान गरिने ‘पण्डित दीपनारायण मिश्रअन्र्तराष्ट्रिय भोजपुरी सम्मान’ यसपाली प्रदान गरिएको अन्तराष्ट्रिय भोजपुरी सम्मेलनका महासचिव डा. नीरन भोजपुरी अंग्रेजी शब्दकोषका सम्पादन, समकालीन भोजपुरी प्रत्रिकाका प्रधान सम्पादकक र अनेक पुस्तकका लेखक समेत हुन्। यसअघि उनी भारतमा अनेक सम्मान पाईसकेका छन् भने मरिसषमा पनि त्यहाँका राष्ट्रपतिबाट पुरस्कार पाइसकेका हुन्। त्यस्तै नेपाल भोजपुरी राष्ट्रिय पुरस्कारबाट पुरस्कृति मुकुन्द आचार्य भोजपुरीमा रामायण, भागवत गीता र भारतीय साहित्यकार हरिवंशराय बच्चनको चर्चित रचना मधुशालाको भोजपुरी अनुवाद गरिसकेका छन्। उनले ‘डाढ एक पात अनेक भोजपुरी उपन्यास’, राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका लागि भोजपुरीका अनुसन्धानात्मक पुस्तकहरु र नेपाली तथा हिन्दीमा समेत बिभिन्न सिर्जनाहरु गरेका छन्। समकालीन नेपाली साहित्यकारमा ब्यङ्ग बिधाका नाम चलेका साहित्यकार हुन। कार्यक्रमका दौरान भोजपुरी भाषा, साहित्य, कला, संस्कृतिको क्षेत्रमा योगदान दिरहेका व्यक्तित्वहरु र नयाँ प्रतिभाहरुलाई प्रोत्सासाहनसमेत गरिएको छ। सम्मानित व्यक्तित्व डा.नीरनले भाषा, संस्कृति र कलाले समाज जीवन्त हुने भएकोले यसको बिकासले समाज समृद्ध हुने बताए। साहित्यकार आचार्यले सम्मानले आफूहरु उत्साहित भएको बताउदै भविष्यमा भोजपुरी भाषा एवम् साहित्यको क्षेत्रमा सेवा गर्नमा थप उर्जा प्राप्त भएको बताए। त्यस्तै समारोहमा बिभिन्न मातृभाषामा कविता वाचन समेत भएको थियो। गिता भण्डारीले नेपाली, नुतन सरावगीले मारवाडी, विक्रम साहले भोजपुरी, चन्द्र किशोर झा ले मैथिली भाषामा र प्रमोद पाण्डेयले संस्कृतमा कविता वाचन गरेका थिए। साहित्यकार उमाशंकर द्विवेदीको ‘गदबेर’ कथा संग्रह, अग्रज कवि बिकाउ गिरीको ‘छिँटाइल फुल’ कविता संग्रह र अर्की सर्जक प्रिया मिश्राको ‘नारी अस्तित्व बोध’ कविता संग्रहको बिमोचनसमेत गरिएको थियो। गायक अजमत अली र छोटु राजाले भोजपुरी लोकगित प्रस्तुत गरेका थिए । भने आयोजित कार्यक्रम बीरगंजको होटेल मकालु को सभाहलमा सम्पन्न भएको थियो ।