प्युठानको मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज राना र सोही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण बापालाई जनकारबाही भन्दै मोसो दलेका छन्।

गाउँपालिकाको वडा नम्बर ५ सरहकोटमा सोमबार दिउँसो मोसो दलेको नेकपाले विज्ञप्ति जारी गरी जानकारी गराएको छ।

उक्त पार्टीले मल्लरानी-५ सरडकोट स्थित भूमि विकास आधारभूत विद्यालय कक्षा ६ मा अध्ययनरत् विद्यार्थी सुस्मिता मल्ल रहस्यमय मृत अवस्थामा भेटिएको र उक्त घटनामा शंका गरेको व्यक्तिलाई संरक्षण गरेको, सोही विद्यालयको शिक्षक शिक्षिकालाई संरक्षण गरेको, विद्यालयलाई गत वर्ष प्रदेश सरकारबाट ३६ लाख बजेट परे पनि योजनाबद्ध रूपमा फ्रिज बनाइएको तथा यस वर्ष गाउँपालिकाबाट ३० लाख बजेट विनियोजन गरे पनि त्यो अनुसार काम नगरेको आरोप लगाएको छ।

उक्त पार्टीका जिल्ला सेक्रेटरी अजयले जारी गरेको विज्ञप्तिमा किस्थान पर्यटकीय स्थलमा जाने र वडा नम्बर ५ मा जाने सडक मर्मत नगर्दा यातायात अवरूद्ध हुँदै आएको, विपन्न समुदायको नाममा सम्पन्न व्यक्तिहरूलाई सोलारमा अनुदान दिएको, कोमिड-१९ को खर्च सार्वजनिक नगरेको, गत वर्ष खरको छाना मुक्त भनेर लिएको जस्तापाता पक्की घर भएकोलाई उपलब्ध गराएको लगायत आरोप लगाइएको छ।