मधेस प्रदेशमा एचआइभी सङ्क्रमित चार हजारभन्दा बढी

जनकपुर, २३ असार : मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआइभी सङ्क्रमितले नियमित औषधि सेवन गरिरहेका छन् ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीनदिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो ।

मधेस प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका प्रमुख एवं वरिष्ठ भाइरोलोजिष्ट डा श्रवणकुमार मिश्रले जानकारी दिनुभयो ।

उहाँले रोगको पहिचान तथा निदानमा प्रयोगशालाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । प्रदेश भर स्थापना भएका प्रयोगशालाबाट दीर्घ रोगको पहिचान तथा नियन्त्रण गरी प्रदेशवासीलाई स्वस्थ राख्ने अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

मधेस प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रका निर्देशक डा मनिषकुमार पाण्डेले प्रदेशवासीलाई स्वस्थ बनाउन प्रयोगशालाको योगदान महत्वपूर्ण रहने धारणा राख्नुभयो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक सन्तोषकुमार यादव र युनिसेफका चन्द्रनारायण साह रहनुभएको थियो । मधेश प्रदेशमा कोभिड–१९ का बेला स्थापना भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सेवा दिँदै आएको छ । अहिले सर्ने तथा नसर्ने रोगको सस्तो तथा सुलभ दरमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाले परीक्षण गरिरहेको छ ।

  • Related Posts

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित (इन्ट्याक्ट) राख्दै शासकीय स्थायित्व र सन्तुलनमा विशेष ध्यान दिन सुझाव दिएका छन् । प्रधानमन्त्री…

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमा गर्ने तयारीका क्रममा सरोकारवाला पक्षबाट राय तथा सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा…

    पहिलो

    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन खिलराज रेग्मीको सुझाव

    • June 5, 2026
    • 44 views
    मूल मर्म र प्रस्तावनालाई अपरिवर्तित राख्दै संबिधान संशोधन  खिलराज रेग्मीको सुझाव

    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    • June 5, 2026
    • 33 views
    राष्ट्र बैंकले माग्यो मौद्रिक नीतिमा सुझाव

    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    • June 5, 2026
    • 36 views
    विद्युत् नियमन आयोगमा अध्यक्षका लागि १० जनाको आवेदन

    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    • June 5, 2026
    • 35 views
    सिमकार्डको दुरूपयोग – दुई जना पक्राउ

    इराकमार्फत इरानले ब्यापार गर्दै

    • June 5, 2026
    • 36 views
    इराकमार्फत इरानले ब्यापार गर्दै

    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन

    • June 5, 2026
    • 34 views
    ७७९ इभी गाडीको विषयमा छानबिन गर्न समिति गठन