सांसद थापालाई मातृशोक

भक्तपुर, २७ असारः भक्तपुर क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद एवं नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापालाई मातृशोक परेको छ ।

सांसद थापाकी आमा ८३ वर्षीया अम्बिका थापाको मध्यपुर अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको नेपाली कांग्रेस भक्तपुरका जिल्ला सचिव सुशील बस्नेतले जानकारी दिनुभयो । लामो समयदेखि दम तथा निमोनियाको उपचार गराइरहनुभएकी उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

आर्यघाटमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेताहरू पूर्णबहादर खड्का, गगन थापालगायत केन्द्रीय नेताले श्रद्धाञ्जलि अर्पण गर्नुभएको कांग्रेस सचिव बस्नेतले जानकारी दिनुभयो । स्वर्गीय थापाको तीन छोरा र एक छोरी हुनुहुन्छ ।

  • Related Posts

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    दीपेन्द्र प्रजापति/कालो झोला । वीरगञ्ज, २५ जेठ । नेशनल मेडिकल कलेज प्रा.लि., वीरगञ्ज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश, परवानीपुरबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा…

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ…

    पहिलो

    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    • June 8, 2026
    • 72 views
    नेशनल मेडिकल कलेज र कृषि अनुसन्धान निर्देशनालय, मधेश प्रदेश बीच स्वास्थ्य सेवा सहकार्य सम्झौता सम्पन्न-

    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    • June 8, 2026
    • 28 views
    देशभर सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३४ घाइते

    रोटरी क्लब अफ माउन्ट एभरेष्ट ललितपुर द्वारा एकदिने मानसिक स्वास्थ्य सचेतना शिविर सञ्चालन

    • June 8, 2026
    • 44 views

    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    • June 8, 2026
    • 35 views
    भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते

    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    • June 8, 2026
    • 35 views
    इरानले फेरि प्रहार गर्यो इजराइलतर्फ मिसाइल

    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची

    • June 8, 2026
    • 38 views
    प्रतिनिधिसभाको बैठक – यस्तो छ कार्यसुची