रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेका हुन् । भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।
‘कोंकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं”, उनले भने, ‘‘तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन् ।” तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उनको कथन छ । ‘‘ उद्घाटनको ढिलाईका कारण मात्र रेल चलाउन समस्या भएको छ”, महाप्रबन्धक झाले भने, ‘‘नभए रेल चलाउन कुनै समस्या अब छैन्, हामीले सबै तयारी गरिसकेका छौं ।” उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउँछौं, अब ढिलाइ हुँदैन् उनको भनाइ थियो ।
सञ्चालनका लागि दुबै रेलको इन्जिन र बोगी एउटैमा जोडिएको छ । अगाडि एउटा र पछाडि अर्को इन्जिन जोडिएको हो । रेल चलेपछि हालका लागि ६० जना नेपाली र १४ जना भारतीय कर्मचारी आजदेखि काममा खटिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारतको सीआरपीएल कम्पनीबाट २६ जना कर्मचारी आउने टुङ्गो लागेको छ । जसमा १४ जना भारतीय कर्मचारी आइसकेको र बाँकी उद्घाटनपछि आउने महाप्रबन्धक झाले बताए । रेल उद्घाटनपछि सुरुको पहिलो १५ दिन एक पटक आउने र जाने गरी रेल चलाउने र त्यसपछि यात्रुको चाप र आवश्यकता हेरेर दिनमा २÷३ पटक सम्म पनि रेल चलाउन सकिने तयारी गरेको महाप्रबन्धक झाले बताए ।







