
बीरगंज, ११ फागुन । वीरगञ्ज महानगरपालिका वडा नं.६ बस्ने बर्ष २४ को शुभम शर्माको ना. ४३ प. ३४४ नम्बरको कालो रातो रंगको १२४.७ CC को सुपर स्पलेण्डर मोटरसाइकल शनिबार दिउँसो ०३:०० बजेको समयमा वीरगंज महानगरपालिका कै वडा नं. ०६ स्थित सडकको छेउमा पार्किङ गरी राखिएको अवस्थामा चोरी भएकोमा अनुसन्धानको क्रममा उक्त मोटरसाइकल चोरी गरी वीरगञ्ज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २१ को संजय कुमार सर्राफको घरमा लुकाई राखेको खूल्न आएकोले निजको घरबाट सो मोटरसाइकल बरामद गरी चोरीमा संलग्न बीरगंज महानगरपालिका वडा नं.१६ बस्ने बर्ष २१ को संजय कुमार सर्राफ, वडा नं. ०२ बस्ने बर्ष २० को असरफ अलि र बर्ष २० को चुनचुन बाबु राउत लाई नियन्त्रणमा लिई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको कुरा जिल्ला प्रहरी कार्यालय, पर्सा का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताएका छन् ।







