अटोमोबाइल क्षेत्रमा नीतिगत तथा प्रणालीगत सुधार गर्न अर्थमन्त्री वाग्लेसँग नाइमाको माग

 नेपाल अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको संस्था नाइमाको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी अटोमोबाइल क्षेत्र सुधारका लागि विस्तृत सुझाव पेश गरेको छ । अध्यक्ष रितु सिंह वैद्यको नेतृत्वमा गएको टोलीले अर्थमन्त्री डा. वाग्लेलाई बधाई दिँदै नीतिगत तथा प्रणालीगत सुधारका विषय उठाएको हो ।

भेटमा नाइमाले अटोमोबाइल क्षेत्रलाई विलासिता नभई आवश्यकताका रूपमा लिनुपर्नेमा जोड दिएको छ । स्थिर र पूर्वानुमान गर्न सकिने नीति आवश्यक रहेको बताउँदै करको भार घटाउने, कर प्रणाली सरल र सन्तुलित बनाउने तथा सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा र २० प्रतिशत अग्रिम भुक्तानीको व्यवस्था कायम गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी, भन्सार जाँचपासपछि पनि फरक व्याख्याका आधारमा बेरुजु उठ्ने समस्या देखिएको भन्दै स्पष्ट र एकरूप प्रणाली लागू गर्नुपर्ने नाइमाको भनाइ छ । भन्सार प्रक्रिया सहज बनाउने, परीक्षण पूर्वाधार विकास गर्ने, यातायात ऐन पुनरावलोकन गर्ने, डिजिटल प्रणाली एकीकृत गर्ने, सडक सुरक्षा र प्रदूषण नियन्त्रणमा ध्यान दिनुपर्ने विषय पनि उठाइएको छ। साथै, ‘नेपालमै बनाऔँ’ अवधारणाअन्तर्गत एसेम्बलिङ उद्योग प्रवर्द्धन र दीर्घकालीन नीति स्थिरता आवश्यक रहेको उल्लेख गरिएको छ ।

विद्युतीय सवारीका लागि स्पष्ट र प्रोत्साहनमुखी नीति आवश्यक रहेको तथा हाइब्रिड सवारीलाई पनि उचित वर्गीकरण गरी न्यायोचित व्यवस्था गर्नुपर्नेमा नाइमाले जोड दिएको छ ।

अर्थमन्त्री वाग्लेले नाइमाका सुझावहरू सान्दर्भिक रहेको बताउँदै निजी क्षेत्रसँग निरन्तर संवाद आवश्यक रहेको उल्लेख गरे । निजी क्षेत्र अर्थतन्त्रको मुख्य आधार भएको भन्दै सरकार कर प्रणालीलाई थप सन्तुलित र व्यवहारिक बनाउने दिशामा काम गरिरहेको जानकारी उनले दिए । प्रस्तुत सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम तथा बजेटमा समेट्ने प्रतिबद्धता समेत उनले व्यक्त गरेको नाइमाले जानकारी दिएको छ ।

यसैबीच नाइमाको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालसँग पनि भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक विषयमा छलफल गरेको छ । मन्त्री लम्सालले अटोमोबाइल क्षेत्रले राजस्व, रोजगारी र आर्थिक गतिविधिमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संकलित करको केही हिस्सा सम्बन्धित क्षेत्रकै विकासमा पुनः लगानी गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए। कार्यान्वयनयोग्य सुझावहरू छिट्टै अघि बढाइने आश्वासन पनि उनले दिए ।

नाइमा अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा संस्था हो । यसले नीति सुधार, उद्योग प्रवर्द्धन र दिगो यातायात प्रणाली विकासमा सक्रिय भूमिका खेल्दै आएको छ । संस्थामा आबद्ध सदस्यहरूले ठूलो मात्रामा रोजगारी सिर्जना गर्नुका साथै राष्ट्रिय राजस्वमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

  • Related Posts

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    अर्थमन्त्री डा. वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता

    काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले भेटवार्ता गरेका छन् । शुक्रबार भएको भेटमा नेपाल र अमेरिकाबीचको आर्थिक…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 24 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 22 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन