अवैध लागूऔषधसहित ६ जना पक्राउ

स्याङ्जा, कञ्चनपुर र कैलालीमा प्रहरीले विभिन्न अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ ।

स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका–१ जिरोबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल र बुप्रेनोर्फिन ५ एम्पुलसहित २७ वर्षीय अनिस थापा र एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले ना.२२ प ८२५९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी, कञ्चनपुर, बेलौरी नगरपालिका–८ स्थित कलकत्ता बजारबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने १ ग्राम ३३० मिलिग्रामसहित २० वर्षीय दिपेश रानालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी पचुइबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो।

त्यस्तै कैलाली, धनगढी उपमहानगरपालिका–२ बैजनाथ टोलबाट पनि अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ५० मिलिग्रामसहित २९ वर्षीय कनैया चौधरी र अन्य २ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले उनीहरूलाई लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान जारी राखेको जनाएको छ।

  • Related Posts

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

     गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक आयोजना अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडक खण्ड चैत्र १८ गतेदेखि बैशाख २ गतेसम्म १५ दिनका लागि पूर्ण रूपमा बन्द हुने भएको छ । गोसाईकुण्ड गाउँपालिकाले सुचना प्रकाशित गर्दै सो सडक…

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    कम्बोडियामा अलपत्र परेका २१ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ । नेपाली राजदूतावास बैंककको पहल र कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको सहजीकरणमा उनीहरूलाई शुक्रबार नेपाल ल्याइएको…

    पहिलो

    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    • March 13, 2026
    • 29 views
    इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    • March 13, 2026
    • 26 views
    स्याफ्रुबेशी-रसुवागढी सडक १५ दिन बन्द हुने

    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    • March 13, 2026
    • 14 views
    अमेरिकी इन्धन आपूर्ति विमानमा दुर्घटनामा चार सैनिकको मृत्यु, दुईको खोजी जारी

    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    • March 13, 2026
    • 24 views
    कम्बोडियामा अलपत्र परेका २१ नेपालीको उद्धार गरी नेपाल फर्काइयो

    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    • March 13, 2026
    • 20 views
    पोखरामा शहरी स्वास्थ्य प्रणाली सुदृढीकरण परियोजनाको अध्ययन सम्पन्न

    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना

    • March 13, 2026
    • 31 views
    मेरो प्राथमिकता टिममा रणनीतिक सुधार ल्याउनुमा हुनेछ- प्रशिक्षक एरेना