राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ ।
पराजुली काठमाडौँ- ७ बाट प्रत्यक्षतर्फ लगातार दोस्रो पटक निर्वाचित सांसद हुन् ।
त्यस्तै विहिबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकमा महामन्त्री कविन्द्र बुर्लाकोटी र सचेतकहरुमा सांसद प्रकाशचन्द्र परियार र सांसद क्रान्तिशिखा धिताललाई चयन गरेको छ ।







