‘आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्छ’ : नेता कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचन एक्लै लड्न आजैदेखि मिहिनेत गर्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका-३२ ले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले आगामी निर्वाचनमा सबै दलले एक्लै प्रतिस्पर्धा गर्ने घोषणा गरेकाले आफ्नो पार्टी पनि कुनै दलसँग तालमेल नगरी चुनावमा जान सक्षम छ भने । निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न आजैदेखि तयारी गर्नुपर्नेमा उनले जोड दिए ।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली काँग्रेसबिच भएको सहमति अनुसार नै सरकार सञ्चालन हुने बताउँदै राजनीतिक स्थायित्वका निम्ति दुई दलीय सरकार बनेको स्पष्ट गरे ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले पार्टीलाई एकताबद्ध नबनाएसम्म एक्लै निर्वाचनमा स्पर्धा गर्न कठिन हुने विचार व्यक्त गरे । विगतका निर्वाचनबाट पार्टीले पाठक सिक्नुपर्नेमा पनि उनले जोड दिए ।

  • Related Posts

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्धको रिट हेर्दा हेर्दैमा राखिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीशद्वय शार‌ङ्गा सुवेदी, सुनिलकुमार…

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    सरकारले ओम प्रकाश अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्री अर्याललाई मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । 

    पहिलो

    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    • March 15, 2026
    • 71 views
    प्रतिबन्धित TRAMADOL ट्याब्लेट सहित दुई जना मानिस पक्राउ-

    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    • March 15, 2026
    • 24 views
    रवि लामिछानेको मुद्दा हेर्दा हेर्दैमा

    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    • March 15, 2026
    • 93 views
    नेशनल मेडिकल कलेज द्वारा पर्सा र बारा जिल्लाका मदरसा तथा यतीमखानामा कपडा वितरण-

    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    • March 15, 2026
    • 18 views
    गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस

    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    • March 15, 2026
    • 17 views
    यी हुन् राप्रपाले छानेका चार समानुपातिक सांसद

    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय

    • March 15, 2026
    • 20 views
    सम्मानजनक मत पाएको उज्यालो नेपालको निष्कर्ष, संगठन विस्तारमा केन्द्रीत हुने निर्णय