आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आज राष्ट्रियसभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजको बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका माननीय सभापति माया प्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको राष्ट्रिय निकुञ्जसँग सम्वन्धित नीतिगत समस्या सम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कार्की ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ( स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

  • Related Posts

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङले अग्रता लिएका छन् ।  पछिल्लो मत गणनाको अपडेट अनुसार गुरुङले ८ हजार ९९२ मत प्राप्त गरेर अग्रता बनाएका छन् ।…

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

     प्रतिनिधि सभाको निर्वाचनको ११ स्थानको मात्र नतिजा आउन बाँकी रहेको छ । अहिलेसम्म रास्वपाले ११८ स्थानमा जित हासिल गरेको छ भने ७ स्थानमा अझै अगाडी रहेको छ । रास्वपा सुनसरी-…

    पहिलो

    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    • March 8, 2026
    • 11 views
    म्यानचेस्टर सिटीका प्रशिक्षक ग्वार्डिओलामाथि दुई खेल प्रतिबन्ध

    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    • March 8, 2026
    • 15 views
    जुवातास खेलिरहेको अवस्थामा पोखराबाट पाँच जना पक्राउ

    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    • March 8, 2026
    • 16 views
    २४ घण्टामा इरानका ४०० भन्दा बढी सैन्य स्थानमा हवाई आक्रमण गरेको इजरायलको दाबी

    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    • March 8, 2026
    • 22 views
    गोरखा- १ मा सुदन गुरुङले बढाए अग्रता

    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    • March 8, 2026
    • 13 views
    प्रत्यक्षतर्फ यी ११ सिटको मत गणना जारी, कसले कति जिते ?

    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो

    • March 8, 2026
    • 21 views
    इरान युद्धले एक सातामै तेल २७ प्रतिशतले बढ्यो