आज विश्व जल दिवस मनाइदैं

 आज विश्व जल दिवस मनाइदैं छ । हरेक वर्ष मार्च २२ को दिनलाई विश्व जल दिवसको रुपमा मनाइँदै आइएको छ । 

यस बर्षको विश्व पानी दिवसको विषयवस्तु ‘पानी र लिङ्ग’ रहेको छ, जसको साथमा ‘जहाँ पानी बग्छ, समानता बढ्छ’ भन्ने अभियानको नारा पनि रहेको छ । यस अभियानले पानीको पहुँच, सरसफाइ र लैङ्गिक समानताको महत्वपूर्ण अन्तरसम्बन्धलाई दर्शाउछ, जसले पानीको अभाव र संरचनात्मक अवरोधहरूबाट कसरी असमान रूपमा प्रभावित हुन्छन् भन्ने कुरामा यो नारा केन्द्रित रहेको छ ।

नेपालमा यस वर्ष विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व जल दिवस मनाईदै छ । पानीमा रहेको पर्यावरणीय, सामाजिक र साँस्कृतिक महत्व बुझ्न र बुझाउन सम्बन्धी विभिन्न कार्यक्रमहरु हुने गर्छन् । विभिन्न अध्ययनका अनुसार पृथ्वीको झण्डै तीन चौथाई हिस्सा पानीले भरिएको छ । तर, यसमध्ये तीन प्रतिशत मात्रै पानी पिउन योग्य छ । विश्वमा पिउने पानीको समान वितरणमा चुनौती थपिदै गएको छ । विश्वकै जलस्रोतमा दोस्रो धनी देश भनिए पनि नेपालमा पिउने पानीको अभाव छ । पानीका मुहान र स्रोतको संरक्षण नहुँदा समस्या दिन प्रतिदिन बढिरहेको छ ।

अव्यवस्थित विकास निर्माणका कारण भविष्यमा पानीको संकट पर्न सक्ने भन्दै यस बारे सचेतना जगाउन सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र संघको भेलाले जल दिवस मनाउने घोषणा गरेको थियो । त्यस पछि सन् १९९३ देखि यो दिवस मनाउन थालिएको हो ।

  • Related Posts

    के शहनशिलता को उदाहरन बन्दै इरान

    काठमाडौँ । अमेरिकाले लगाएको समुद्री नाकाबन्दीका कारण इरानलाई करिब ४ अर्ब ८० करोड अमेरिकी डलर बराबरको तेल आम्दानी गुमेको बताइएको छ। एक्सियोसको रिपोर्ट अनुसार यो आँकडा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन)ले…

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सातादेखि युरोपेली संघबाट आयात हुने कार तथा ट्रकमा भन्सार शुल्क बढाएर २५ प्रतिशत पुर्‍याइने बताएका छन् । ट्रम्पका अनुसार युरोपेली संघले यसअघि भएको…

    पहिलो

    के शहनशिलता को उदाहरन बन्दै इरान

    • May 2, 2026
    • 25 views
    के शहनशिलता को उदाहरन बन्दै इरान

    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    • May 2, 2026
    • 22 views
    युरोपमा उत्पादित कार तथा ट्रकमा ट्रम्पले लगाए २५ प्रतिशत कर

    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    • May 2, 2026
    • 23 views
    आइपिएलमा आज चेन्नई र मुम्बईबीच भिडन्त

    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    • May 2, 2026
    • 22 views
    अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    • May 2, 2026
    • 22 views
    के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?

    बुद्धको १५ फिट लामो सिंहशैय्यासन 

    • May 2, 2026
    • 25 views
    बुद्धको १५ फिट लामो सिंहशैय्यासन